पाँचौं कारोबार दिनमा नेप्सेमा बल्यो हरियो बत्ति, शिवम् र युनिभर्सलको शेयरमूल्यमा उच्च गिरावट

Mar 25, 2019 Merolagani

शेयर बजार परिसूचक नेप्सेमा २६.९४ अंकको गिरावट पश्चात पाँचौं कारोबार दिनमा आएर करिब ४ अंकले बढेकाे छ। गत साेमबारदेखि घट्न थालेको सूचक एक सातापछि सोमबार आएर बल्ल सकारात्मक बनेको हाे। यसअघि गत आइतबार नेप्सेमा ५.९९ अंकले सुधार भएयताकाे चार काराेबार दिन सूचक निरन्तर घटेकाे थियो।

सोमबारको बजारमा पनि आइतबारदेखि कारोबार सुरु भएको शिवम् सिमेन्ट र युनिभर्सल पावर कम्पनीका शेयरधनीले उच्च प्रतिशतले गुमाएका छन्। सोमबार युनिभर्सलको शेयरमूल्य १० प्रतिशत र शिवम् सिमेन्टको ९.८१ प्रतिशतले घटेको छ। उच्च बिन्दुमा कारोबार खुलेपश्चात दुबै कम्पनीको मूल्य घट्दा आइतबार पनि नकारात्मक सर्किट लागेको थियो। 

४१८ रुपैयाँमा पहिलो कारोबार भएको शिवम्को शेयरमूल्य ३७७ रुपैयाँमा झरेको छ । दिनभरमा यस कम्पनीको ९० कित्ता शेयर ५ पटकको कारोबारबाट ३४ हजार ३५० रुपैयाँ बराबरमा खरिद बिक्री भयो । यस्तै युनिभर्सल पावर कम्पनीको २१० कित्ता शेयर ६ पटक कारोबार हुँदा ५२ हजार २२० रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ । यस कम्पनीको शेयर २७० रुपैयाँमा खुलेकोमा २४३ मा झरेको हो ।

यस्तै जनउत्थान लघुवित्त शेयरमूल्य ५.९२, ग्लोबल आइएमई समुन्नत योजनाको इकाईमूल्य ३.८९ प्रतिशतले ओरालो लागेको छ।

 

निरन्तर ओरालो लागेको शेयर बजारमा परिसूचक नेप्सेमा सोमबार सामान्य अंकले सुधार आउँदा कारोबार रकममा पनि झिनो बढोत्तरी भएको छ । सोमबार नेप्से ३.८७ अंकले बढेर ११३८.६७ बिन्दुमा पुगेको हो ।

सोमबार १६९ कम्पनीका ९ लाख २९ हजार ३९७ कित्ता शेयर खरिद बिक्री हुँदा २४ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबारको तुलनामा कारोबार रकम एक करोढ ३ लाख रुपैयाँले बढोत्तरी भएको हो ।

 

सोमबार कारोबारमा आएका १० उपसमुहको सूचकमध्ये लिडिङ्ग सूचकहरु बैंकिङ्ग, बीमा सहित ६ उपसमुहको सुचक सकारात्मक बन्दा समग्र नेप्से बढेको हो । ४ उपसमुहको सूचक भने नकारात्मक देखिएको छ । सबैभन्दा धेरै निर्जीबन बीमाको सूचक ५०.३ अंकले बढेको छ भने उत्पादन तथा प्रशोधनको सूचक करिब २३.७९ अंकले ऋणात्मक बन्यो ।

यस्तै निर्जीवन बीमा ४२.७५, विकास बैंक १०.२५, होटल ८.५४, माइक्रोफाइनान्स ५.८७ र वााणिज्य बैंक ४.७३ अंकले सुधार भएको छ । उता अन्य ३.९७, फाइनान्स २.१४ र हाइड्रोपावरको इन्डेक्स् १.७६ अंकले ऋणात्मक भएका छन् ।

यस दिन कारोबार भएको रकमको आधारमा सबैभन्दा धेरै मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर कारोबार भएको छ । बैंकको २ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
यस्तै नागरिक लगानी कोषको १ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अन्य कुनै कम्पनीको कारोबार रकम करोड नाघ्न सकेको छैन्। एनसीसी बैंक, अपर तामाकोशी, नेपाल लाइफको ८० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ। 

सोमबारको कारोबारबाट ग्लोबल आइएमई लघुवित्तका शेयरधनीहरुले सबैभन्दा धेरै ५.८६ प्रतिशतले कमाएका छन्। यस्तै नेपाल हाइड्रो डेभलर्पस्, रिडी हाइड्रोपावर र आराम्भ माइक्रोफाइनान्सको शेयरमूल्य पनि ३ प्रतिशत बढीले बढेको छ। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।