लोक सेवा आयोगले माग्याे ठूलाे संख्यामा कर्मचारी, न्यूनतम योग्यता एसएलसी

Apr 07, 2021 03:06 PM Merolagani

लोक सेवा आयोगले भारी मात्रामा स्वास्थ्य सेवा क्षेत्रकालागि कर्मचारी माग गरेको छ । आयोगले राजपत्र अनंकित द्धितीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका चौथो तहमा प्रतियोगात्मक परीक्षाले पदपूर्ति गर्नकालागि दरखास्त आह्वान गरेको हाे ।

लोक सेवा आयोगले देशका विभिन्न भागमा ४७१ जना कर्मचारीको माग गरेको छ । आन्तरिक प्रतियोगिता, महिला, खुला तथा समावेशी पदहरुमा नायब जल विज्ञान सहायक, इन्जिनयर, मेकानिक्स, अपरेटर, नायब मौसम विज्ञान सहायक, अमिन, नायब पशु स्वास्थ्य प्राविधिक, अ.हे.व,सहायक कम्प्यूटर अपरेटर, गणक, इलेक्ट्रिसियन, सिनियर मिस्त्री, हेड फिल्ड असिस्टेन्ट , मुद्रण सहायक, सिनियर गेम स्काउट लगायतका सेवाकालागि कर्मचारी माग गरिएको हो ।

लोक सेवा आयोगको धनकुटास्थित कार्यालयकालागि कुल ४८ जना , इलामकालागि १४ जना, खोटाङमा ५ जना र काठमाडौंमा ७८ जनाकालागि दरखास्त खुलाइएको हो । यसैगरी विभिन्न पद, सेवा, समूह र उपसमूहमा कार्यरत हुन हेटौंडा कार्यालयमा २७ जना, पोखरामा ५४ जना, बाग्लुङ कार्यालयकालागि २२ जना र बुटवलमा ३७ जना कर्मचारी माग गरिएको छ । आयोगले दाङ कार्यालयमा ३६ जना, सुर्खेत कार्यालयमा ३० जना, जुम्लास्थित कार्यालयकालागि १२ जना, दिपायलमा २३ जना र महेन्द्रनगर लोक सेवा कार्यालयमा १५ जनाकालागि आवेदन खुलाइएको हो ।

यि पदपूर्तिकालागि लिखित/कम्प्यूटर सीप परीक्षण र अन्तवार्ता हुनेछ तर परीक्षा मिती भने हालसम्म प्रकाशित भइसकेको छैन । दरखास्त दिने अन्तिम समय २०७८ बैशाख १४ रहेको छ भने दोब्बर दस्तुर तिरेमा २०७८ वैशाख २१ सम्म आवेदन दिन सकिनेछ । दरखास्त शुल्क प्रत्येक विज्ञापनकालागि ३०० रुपैयाँ र समावेशी तर्फ थप १५० रुपैयाँ रहेको छ । आवेदन दिनकालागि न्यूनतम योग्यता एसएलसी वा टीएसएलसी तथा केहि पदकालागि सम्बन्धित क्षेत्रमा अनुभव रहेको हुनुपर्ने आयोगले उल्लेख गरेको छ । आवेदन psconline.psc.gov.np मार्फत दिन सकिनेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।