बेनेलीले नेपालमा ल्यायो इन्ट्री लेवल कार भन्दा पावरफुल बाइक, कति पर्ला मूल्य ?

Apr 09, 2021 06:28 PM Merolagani

नेपाली बजारमा लोकप्रिय मोटरसाइकल कम्पनी बेनेलीले नयाँ बर्षमा मोटरसाइकल पारखीको लागि नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । इन्ट्री लेवल कार भन्दा पावरफुल इन्जिन भएको नयाँ मोटरसाइकल ‘७५२ एस’को नेपालमा विक्री गरेको हो ।

नेपालका लागि बेनेली मोटरसाइकलको आधिकरिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङले बेनेली ७५२एसलाई नेपाली बजारमा उतारेको हो ।

इटालियन मोटरसाइकल निर्माता कम्पनी बेनेलीको मिडसाइज नेकेड मोटरसाइकल ७५२ एसमा ७५० सीसी डबल सिलिन्डर,लिक्वीड कुल्ड इन्जिन दिइएको छ ।

जसले ८५०० आरपीएमा ७६ हर्सपावर र ६५०० आरपीएममा ६७ एनएम टर्क जेनेरेट गर्छ । यसले प्रदान गर्ने पावर धेरै इन्ट्री लेवल कारभन्दा धेरै हो ।

 

६ स्पीडको गियरबक्स फ्रन्टमा अपसाइड डाउन फर्क र रियरमा एड्जष्टएबल मोनोशक सस्पेन्सन , फ्रन्टमा ३२० एमएमको डबल डिस्क र रियरमा २६० एमएमको फोर पिस्टन क्यालिपर ब्रेक बिशेषता रहेको छ ।

त्यस्तै १७ इन्च आल्मुनियम अलाय रिम, १७ इन्च टायर,१४ लिटर क्षमताको फ्युल ट्याङक, अटोमेटिक चेन्ज हुने टीएफटी डिस्प्ले, एलएडी हेडल्याम्प, एबीएस जस्ता फिचर दिइएको कम्पनीले जनाएको छ ।

नेपाली बजारमा यो मोटरसाइकलको मूल्य २५ लाख १५ हजार रुपैयाँ तोकिएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।