कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्ने प्रकृया अघि बढाएको हो।
कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ गराएको छ। केयर रेटिङ नेपालले कम्पनीको आईपीओलाई त्रीपल बी माइनस रेटिङ प्रदान गरेको छ।
उक्त रेटिङले कम्पनी वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको जनाउछ।
कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले ६० लाख कित्ता अर्थात ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ।