भारतीय शेयर बजार एक वर्षपछि कोरोना संकटमा, एशियाली शेयर बजार पनि घट्याे

Apr 12, 2021 02:32 PM Merolagani

भारतीय शेयर बजार एक वर्षपछि कोरोना संकटमा परेको छ । भारतमा निरन्तर बढिरहेको कोरोना संक्रमण र लकडाउनका कारण लगानीकर्ताहरु अत्तालिएका छन् । जसको असर सोमबार शेयर बजार खुल्नासाथ देखा परेको छ । सुरुवाती समयमा नै सेन्सेक्स सोमबार बिहान भारतीय सेंसेक्स ९०५.३६ अंक भन्दा तल झरेर ४८ हजार ६८५.९६ विन्दुबाट कारोबार खुलेको थियो ।

भारतीय सेन्सेक्स सोमबार एक हजार ७०५ अंकको भारी गिरावटसँगै ४८ हजार विन्दुभन्दा तल कारोबार भएको छ । यसभन्दा अघि फेब्रुअरी १ मा सूचक ४८ हजारको स्तरमा आइपुगेको छ । निफ्टी सूचक पनि ५१३ अंकको भारी गिरावटका साथ १४ हजार ३२१ मा झरेको छ ।

विशेष गरी बैंकिंग उपसमूहको सूचकमा यस दिन सबैभन्दा धेरै गिरावट देखिएको छ । निफ्टी बैंक सूचक एक हजार ७३३ अंकले घटेर ३० हजार ७१४ विन्दुमा कारोबार हुँदैछ । सरकारी बैंकहरुको शेयरमा १० प्रतिशतको र निजी बैंकहरुको शेयरमा ६ प्रतिशतको गिरावट देखिएको छ ।

लकडाउनका कारण बैंकिंग शेयरका साथै अटो र मेटल शेयर पनि ओरालो लागेको छ । एनएसईमा यी दुबैको सूचक ५ प्रतिशतभन्दा तल झरेको छ ।

बिएसई सेन्सेक्समा दुई हजार ९२२ शेयरमा कारोबार भइरहेको छ । ४१६ शेयर बढोत्तरीका साथमा र दुई हजार ३३९ शेयर गिरावट सँगै खरिदबिक्री हुँदैछ ।

कोरोनाको पहिलो लहरमा पनि शेयर बजारमा गिरावट

गत वर्ष कोरोनाका कारण मार्च २३देखि भारतीय सेनसेक्स घटेर २५ हजार ८०० को तल्लो विन्दुमा झरेको थियो । यस वर्षको फेब्रुअरी १६ मा भने उकालो लाग्दै ५२ हजार ५०० अंक माथि पुगेको थियो । भारतमा बढ्दो संक्रमणका कारण शेयर बजारमा लगातार गिरावट देखिएको छ । सोमबार सबैभन्दा तल्लो स्तर ४७ हजार ७७९ विन्दुसम्म सेन्सेक्स झरेको थियो ।

भारतीय शेयर बजारमा गिरावटको मूख्य कारण लगातार बढिरहेको कोरोना संक्रमण हो । पछिल्लो २४ घण्टामा भारतमा एक लाख ६९ हजार ९१४ जना कोरोना संक्रमित थपिएका छन् । यो एकदिनमा हालसम्मको सबैभन्दा बढि संक्रमित थपिएको रेकर्ड हो ।

एशियाली शेयर बजारमा पनि घट्याे

यसैगरी सोमबार एशियाली शेयर बजारमा पनि गिरावट आएको छ । चीनको शांघाई कम्पोजिट र हंगकंगको हेंगशेंग, जापानको निक्केई सूचक पनि आज ०.६ प्रतिशतले घटेको छ ।

जापान बाहिरको एशिया प्यासिफिक शेयर पनि १.१ प्रतिशतले ओरालो लागेको छ । चीनको ब्लू चीप्स १.५ प्रतिशतले गुमाएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।