सगरमाथा आरोग्य स्वास्थ्य बीमा योजना सार्वजनिक, अनलाइनबाटै बीमालेख खरिद गर्न सकिने

Apr 13, 2021 03:11 PM Merolagani

सगरमाथा इन्स्योरेन्स (SIC) ले सगरमाथा आरोग्य स्वास्थ्य बीमा योजना सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रमबीच बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल र कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरले संयुक्त रूपमा उक्त बीमा योजनाको शुभारम्भ गरेका हुन् ।

यस बीमा योजनामा व्यक्तिगत दुर्घटना बीमा, सामान्य स्वस्थ्य बीमा र गम्भिर प्रकारको रोगको जोखिम बहन हुनेछ । व्यक्तिगत दुर्घटना बीमामा ७ देखि १० लाख रुपैयाँ, सामान्य स्वास्थ्य बीमामा न्युनतम १ लाख देखि ५ लाख रुपैयाँसम्म र गम्भिर प्रकृतिका १८ रोगका लागि एक देखि १० लाख रुपैयाँसम्मको जोखिम बहन हुनेछ । 

बीमितले वार्षिक १६ सय रुपैयाँ बीमा शुल्क भुक्तानी गरेपछि ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा, एक लाख रुपैयाँको स्वास्थ्य उपचार बीमा र एक लाख रुपैयाँसम्मको गम्भिर प्रकृतिका जोखिमको बीमा हुने कम्पनीले जनाएको छ ।

 

यदि बीमितले वार्षिक ३ हजार रुपैयाँ भुक्तानी गरे १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा, २ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार बीमा र दुई लाख रुपैयाँसम्मको गम्भिर प्रकृतिका रोगका बीमा सुविधा प्राप्त हुनेछ ।

कम्पनीको यो बीमालेख बैशाख २ गते देखि बिक्री शुरु हुनेछ । उक्त बीमालेख अनलाईन तथा सबै शाखा कार्यलयहरुबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीको मोवइल एप मार्पmत बीमालेख खरिद गर्न तथा दाबी समेत गर्न सकिनेछ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।