देशभरमा ५३४ जना कोरोना संक्रमित थपिए, पाँच जनाले ज्यान गुमाए

Apr 15, 2021 06:25 PM Merolagani

बिहीबार देशभरमा ५३४ जना कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा कुल चार हजार १५२ परीक्षण भएकोमा सो संख्यामा कोरोना पुष्टि भएको हो । सोहि अवधिमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पाँच रहेको छ ।

आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका १४५ जना, ललितपुरका ४३ जना र भक्तपुरका ८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशमा थपिएका ती संक्रमितमध्ये सबैभन्दा धेरै ३० देखि ३९ वर्षसम्मका ११४ जना रहेका छन् भने २० देखि २९ वर्षभित्रका १०७ जना र ४० देखि ४९ वर्षभित्र ९२ जना रहेको पनि मन्त्रालयको तथ्यांकले देखाउँछ ।

यसैगरी एक दिनमा कोरोना मुक्त हुने १५७ जना छन् भने हालसम्म कुल संक्रमितको संख्या दुई लाख ८२ हजार ५४ र निको हुनेको दुई लाख ७४ हजार ६०४ रहेको छ । नेपालमा अहिलेसम्म कुल तीन हजार ६६ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।