चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ९ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशत बढी हो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १३ प्रतिशत बढेको छ।
समीक्षा अवधिमा लघुवित्तको सापटी ५७ प्रतिशत बढेको छ भने कर्जा लगानी ४८ प्रतिशत बढेको छ।
८७ करोड ६८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २३ करोड ३५ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ९ प्रतिशत बढेको छ भने जगेडा कोष २१ प्रतिशत बढेको छ।
खुद नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानीमा पनि सामान्य सुधार भएको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो आम्दानी ४६ पैसा बढेको छ। त्यसैगरी, लघुवित्तको प्रतिशेयर नेटवर्थ २ रुपैयाँ ४३ पैसा बढेको छ। समीक्षा अवधिमा लघुवित्तको मूल्य आम्दानी अनुपात ५९.३९ गुणा रहेको छ।
लघुवित्तको निष्क्रिय कर्जा भने शून्य रहेको छ।