लक्ष्मी बैंकको 'ओरेन्ज सेभिंग प्लस'बाट ग्राहकहरूले ४.५ % वार्षिक ब्याज प्राप्त गर्ने

Apr 19, 2021 05:30 PM Merolagani

लक्ष्मी बैंकको (LBL) प्रिमियम बचत खाता 'ओरेन्ज सेभिंग प्लस'बाट ग्राहकहरूले अब ४.५ % वार्षिक ब्याज दरको साथै थप सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

'ओरेन्ज सेभिंग प्लस' खाता भएका ग्राहकले १ लाख रूपैयाँसम्मको वार्षिक स्वास्थ्य बिमा र १० लाख रूपैयाँसम्मको दुर्घटना मृत्‍यु र अक्षमता बिमा सुविधा पाउन सक्नेछन्। यति मात्र नभएर डेबिट कार्ड, क्रेडिट कार्ड र डलर ट्राभल कार्ड पनि निशुल्क जारी गरिनुका साथै लक्ष्मी बैंकको डेबिट कार्ड नेपाल भरी कुनै पनि ए.टि.एममा प्रयोग गर्दा लाग्ने शुल्क फिर्ता गरिन्छ।

अझ नयाँ वर्षको अफर अन्तर्गत वैशाख महिनाभरी यस खाता खोल्ने ग्राहकहरुले लक्ष्मी बैंकको प्रि-पेड डलर कार्ड ओरेन्ज - कार्ड  निशुल्क प्राप्त गर्नेछन् । सो अफर ओरेन्ज सेभिंग प्लस वर्तमान ग्राहकहरुको लागि पनि लागू हुनेछ।

यसै गरी विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीहरुको लागि ल्याइएको खाता शुभश्री लक्ष्मी बचत खाता मा पनि बैंकले विभिन्न सुविधाका साथमा ४.५% को ब्याज दर प्रदान गरिरहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।