रोनाल्डोको पानी पिउन इशारापछि कोकाकोलाको शेयर ४ बिलियन डलर घट्यो

Jun 17, 2021 10:19 AM Merolagani

यूरो २०२० को पत्रकार सम्मेलनमा क्रिष्टियानो रोनाल्डोले सर्वसाधारणलाई कोकको सट्टा पानी पिउन गरेको इशारापछि कम्पनीले आफ्नो मार्केट भ्यालु ४ बिलियन डलर गुमाएको छ।

सोमबार पोर्चुुगल विरुद्ध हंगेरीको खेलभन्दा अघि भएको सम्मेलनमा रोनाल्डोले कोकका दुई बोटल क्यामराको दृश्यभन्दा बाहिर सारेर पानीको बोटल उठाएपछि कोका कोला शेयरको मूल्य ५६.१७ डलरबाट घटेर ५५.२२ डलरमा झरेको अन्तरराष्ट्रिय मिडियाले बताएको छ।

कम्पनीको मार्केट भ्यालु २४२ बिलियन डलरबाट २३८ बिलियन डलरमा झरेको छ–अर्थात ४ बिलियन डलर घटेको छ।

‘अग्वा’, सुपरस्टार खेलाडीले भनेका थिए। पोर्चुगिज भाषामा त्यसको अर्थ पानी हुन्छ।

कोका कोला यूईएफए यूरो २०२० प्रतियोगिताको एक स्पन्सर हो र द गार्जियनले गरेको समीक्षामा कम्पनीले भनेको छ, ‘हरेकलाई आफ्नो रोजाइको पेय पदार्थ पिउने छुट छ।’

यूरो २०२० का एक प्रवक्ताले भने, ‘खेलाडीहरुलाई सम्मेलनमा पानीसँग सँगै एउटा कोका कोला र अर्को कोका कोला जीरो सुगर दिइएको हुन्छ।’

रोनाल्डोले ट्रेण्ड शुरु गरे जस्तै देखिन्छ, किनभने फ्रेन्च खेलाडी पल पोग्बाले पनिमंगलबार जर्मन विरुद्धको खेलभन्दा अगाडि हाइनेकेन बियरको बोटल उचालेर त्यस्तै इशारा गरेका थिए।

कोका कोलाको शेयर मंगलबार बजार बन्द हुँदा ५५.४१ डलरमा कारोबार भएको थियो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।