काेराेना भाइरस संक्रमित बढ्दै, थप ३८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, २० को मृत्यु

Jul 27, 2021 04:39 PM Merolagani

काेराेना भाइरस संक्रमित बढ्दै गएका छन् । नेपालमा थप ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

देशभर १२६५५ पीसीआर परीक्षण गर्दा २७२६ र ४८६३ को एन्टीजेन परीक्षण गर्दा ११७३ गरी ३८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशका विभिन्न ठाउँमा गरी २० जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १७७८ जना कोरोना मुक्त भएर घर फर्किएका छन ।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७५८३८ पुगेको छ

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।