आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न श्वेत गंगाले डाक्यो विशेष साधारण सभा

Jul 28, 2021 08:24 AM Merolagani

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ।

कम्पनीले साउन २८ गते अकामा होटल, धुम्बाराहीमा सो सभा डाकेको हो। सो सभा अपराह्न १ बजे शुरु हुनेछ।

सभाले कम्पनीको शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै आईपीओ निष्काशनबाट प्राप्त हुने कुल रकमको उपयोग सम्बन्धी वित्तीय योजना तथा रणनीतिहरु निर्धारण सम्बन्धी, परियोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको शेयर सम्बन्धी र आईपीओका सम्बन्धमा नियमनकारी निकायको निर्देशन बमोजिमका कार्य गर्न गराउनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धी प्रस्तावहरु पारित गर्नेछ।

साउन ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो प्रस्तावहरुसहित विशेष साधारण सभा गर्ने निर्णय गरेको हो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।