जीवन विकास लघुवित्तको शेयर नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ्ग रेञ्ज?

Jul 28, 2021 02:31 PM Merolagani

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर बुधबार नेपाल स्टक एक्सचेन्ज सूचीकृत भएको छ। कम्पनीले सर्वसाधारणमा बिक्री गरेको समेत गरी कुल ६० लाख ८४ हजार एक सय कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले दोश्रो बजारमा कारोबारका लागि लघुवित्तलाई जेबिएलबि (JBLB) सिम्बोल दिएको छ भने कम्पनीको पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम ३०५ रूपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

बिहीबार यही रेञ्जमा आधारित रहेको कम्पनीको शेयर कारोबार खुल्नेछ।

लघुवित्तले गत असार ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर बिक्री गरेको थियो। निष्काशन गरिएको कुल शेयरमध्ये ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको हुँदा बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणमा बाँडफाँट गरिएको हो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।