तीन जलविद्युत कम्पनीलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

Jul 30, 2021 12:23 PM Merolagani

नेपाल धितोपत्र बोर्डले तीन जलविद्युत कम्पनीलाई सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले न्यादी हाइड्रोपावर कम्पनी, सहाज उर्जा र बुद्धभूमि नेपाल हाइड्रोपावरलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

न्यादी हाइड्रोपावरलाई आयोजना प्रभावित स्थानिय बासिन्दा र सर्वसाधारणको लागि जारी पूँजीको २७ प्रतिशत ४० करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न बोर्डले अनुमति दिएको हो ।

कम्पनीले शेयर निष्काशन तथा बिक्रीकर्ता ग्लोवल आइएमई क्यापिटल रहेको छ भने शेयर प्रत्याभूतकर्तामा नागरिक लगानी कोषलाई नियुक्त गरिसकेको छ ।

साहस उर्जा लिमिटेडलाई पनि बोर्डले १ अर्व ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता शेयर निष्कानको लागि अनुमति दिएको हो ।

त्यस मध्ये ३५ करोड स्थानिय बासिन्दालाई र ७० करोड सामुहिक लगानी कोष, कर्माचारी र सर्वसाधारणको लागि छुट्टाएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने धितोपत्र प्रत्याभूतिकर्ता नागरिक लगानी कोष रहेको छ ।

यस्तै बुद्धभूमि नेपाल हाइड्रोपावरलाई पनि आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारण लागि गरी कुल १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति दिएको हो ।

त्यसमध्ये ४ लाख कित्ता शेयर आयोजना प्रभावित नुवाकोट जिल्लामा बासिन्दालाई निष्काशन गरिनेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा यस अघि नै सिभिल क्यापिट रहेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।