तीन सय मुनिका जम्मा तीन कम्पनी,जसमा दुई वाणिज्य बैक,किन मूल्यका हिसाबले सबैभन्दा खराब पोजिसनमा वाणिज्य बैंक ?

Jul 30, 2021 02:18 PM merolagani

सुवास निरौला

शेयर बजारमा तीन सय भन्दा कम मूल्यमा शेयर पाउन छाडेको छ। सूचीकृत सबैजसो कम्पनीका शेयर मूल्य तीन सय माथि उक्लँदा तीन कम्पनीको शेयर मूल्य मात्रै दुई सयको लाइनमा देखिएका छन्।

त्यसमा पनि दुई वाणिज्य बैंकको शेयर मूल्य तीन सयको लाइनमा उक्लिन सङ्घर्ष गरिरहेका छन्। सङ्घर्ष गरिरहेका वाणिज्य बैंकमा सेन्चुरी कमर्सियल बैक र सिभिल बैंक रहेका छन्। 

तीन सयको लाइनमा उक्लन सङ्घर्ष गरिरहेको सोल्टी होटेलले चाँडै तीन सयको लाइन पार गर्ने अनुमान गर्न थालिएको छ।  फ्रेन्चाइजमा जाने तयारी स्वरूप नेपालगन्जमा शाखाको बिस्तार  र थप शाखा खोल्ने तयारीमा रहेको खबरले सोल्टी होटेलकाे शेयर हट केक बनेकाे छ। लगानी सङ्कलनको लागि कम्पनीले हकप्रद समेत निष्कासन गर्ने अनुमान स्वरूप लगानीकर्ताको शेयरमा आकर्षण बढ्दा एक सातामै १० लाख कित्ता भन्दा बढीको शेयर कारोबार भएको हो ।

तीन कम्पनी बाहेक सबै कम्पनीको शेयर मूल्य तीन सय रुपैयाँ भन्दा माथि रहँदा वाणिज्य बैंकहरू मूल्यका हिसाबले हरेक दिन पुछारतिर धकेलिँदै जान थालेका छन्। वाणिज्य बैकलाई फाइनान्स र विकास बैंकले मूल्यका हिसाबले पछि पार्दै लगेका छन्। वाणिज्य बैकको शेयर तीन सय रुपैयाँ भन्दा कम मूल्यमा पाउँदा उता फाइनान्स कम्पनीको सबैभन्दा सस्तो शेयर किन्दा पनि चार सय ७० रुपैयाँ पर्न थालेको छ। गत बिहीबारको मूल्य अनुसार प्रोगेसिभ फाइनान्सको प्रति कित्ता मूल्य चार सय ७० रुपैयाँ थियाे। चार सयको लाइनमा पनि दुई फाइनान्स मात्रै छन्। चार सयको लाइनमा पाइने अर्को फाइनान्स वेस्ट फाइनान्स हो। उसको प्रति कित्ता मूल्य चार सय ७५ रुपैयाँ पुगेको छ। जबकि सबैभन्दा सस्तो मूल्यको फाइनान्स भन्दा १२ वाणिज्य बैकको मूल्य सस्तो छ। जसमा नेपाल बङ्गलादेश बैंक, नेपाल एसबिआइ बैक, माछापुच्छ्रे बैक, सिटिजन्स बैक,लक्ष्मी बैंक, बैक अफ काठमान्डु, कुमारी बैंक, सनराईज बैंक, एनसिसि बैंक, मेगा बैंक,सिभिल बैंक र सेन्चुरी कमर्सियल बैंक छन्।

मूल्यका हिसाबले फाइनान्सले वाणिज्य बैंकलाई पछि पार्दै लैजाँदा विकास बैंक पनि त्यही रफ्तारमा अघि बढ्न थालेका छन्। फाइनान्सले जस्तै विकास बैंकले तीव्र रुपमा वाणिज्य बैकलाई उछिन्न थालेका छन्। दोस्रो बजारमा यति बेला सबैभन्दा सस्तो मूल्यमा कर्णाली विकास बैंक छ। उसको प्रति कित्ता मूल्य चार यस ६ रुपैयाँ पुगेको छ। जबकि कर्णालीको मूल्य भन्दा सस्तो मूल्यमा बैक अफ काठमण्डुको शेयर पाइन्छ। उसको प्रति कित्ता मूल्य चार सय पाँच रुपैयाँ ९० पैसा छ। कर्णालीले १० पैसा अन्तरले बैक अफ काठमान्डुलाई जितेको हो।

मूल्यका हिसाबले कर्णालीले बैक अफ काठमान्डुलाई मात्रै पछि पारेको छैन सात वटा वाणिज्य बैकलाई पछि पारि सकेको छ। थप बैंकलाई पछि पार्ने दौडमा कर्णाली देखिएको छ।

बढ्दो क्रममा रहेको शेयर बजारमा वाणिज्य बैंकहरू भने मूल्यका हिसाबले तल पर्दै गएका छन् भने अन्य कम्पनी भने माथि उक्लिदै गएका छन्। घट्दो बजारमा ५० रुपैयाँ हाराहारीमा कारोबार गरेका जलविद्युत कम्पनीले समेत वाणिज्य बैकलाई पछि पार्न थालेका छन्। दिब्यश्वरी हाइड्रोपावरले सेन्चुरी र सिभिल बैंकलाई पछि पारिसकेका छन्। यही रफ्तारमा शेयरको मूल्य बढ्दै जाने हो भने आउने दिनमा सबैभन्दा सस्तो मूल्यमा पाइने शेयर वाणिज्य बैंक नै हुने देखिएको छ। क्रमगत रुपमा सबैभन्दा बढी मूल्य हुने कम्पनीको सूचीमा वाणिज्य बैकको स्थान ५६ औ स्थानमा छ। जसमा सबैभन्दा बढी मूल्य भएको बैंकमा नबिल बैक छ। उसको प्रति कित्ता मूल्य १४ सय ७७ रुपैयाँ छ। धेरै जसो वाणिज्य बैक पाँच सयको हाराहारीमा कारोबार गरिरहेका छन्। त्यही दाँजोमा फाइनान्स र वाणिज्य सँगै जलविद्युत कम्पनी मूल्यका हिसाबले तीव्र छलाङ मारिरहेका छन्।

बढ्दो बजारमा लगानीकर्ताहरूले सेक्टरवाइज लगानी गर्न थालेका छन्। लगानीकर्ताले अन्य सेक्टरका कम्पनीसँग मूल्य तुलना गर्नु भन्दा पनि आफ्नै सेक्टर भित्रका कम्पनीहरू बीच मूल्य तुलना गर्ने गर्छन्। समूह भित्रकै कम्पनीहरू बिच मूल्य प्रतिस्पर्धा गर्ने ट्रेन्ड बजारमा बढ्दै गएको छ। जसले गर्दा पनि वाणिज्य बैक मूल्यका हिसाबले पछि पर्न थालेका हुन्।

समूहगत मूल्यको प्रतिस्पर्धा अहिलेको मूल्यलाई स्वाभाविक मान्नु पर्ने सेक्टरवाइज लगानी गर्ने लगानीकर्ताहरूको भनाई छ। उनीहरूको अनुसार जलविद्युत कम्पनी समूहमा सबैभन्दा सस्तो कम्पनी दिब्यश्वरी हाइड्रो छ। जलविद्युत कम्पनी समूहमा सबैभन्दा कमजोर कम्पनीको रुपमा पनि त्यही कम्पनी पर्छ। त्यही भएर उसको मूल्य सबैभन्दा सस्तो भएको हो।  तर दिब्यश्वरीले राधी बिद्युत् कम्पनीलाई समेत मूल्यको हिसाबले पछि पार्‍यो भने मात्रै बजारमा अचम्म मान्नु पर्ने स्थिति हुने अन्यथा यसलाई सामान्य रूपमै लिनु पर्ने उनीहरूको भनाइ छ।

त्यस्तै फाइनान्स कम्पनीमा पनि सबैभन्दा कमजोर फाइनान्सको रुपमा प्रोग्रेसिभ फाइनान्स देखिन्छ। विकास बैकमा पनि कर्णाली सबैभन्दा कमजोर रहेका कारण उसको मूल्य सबै विकास बैक भन्दा सस्तो देखिएको लगानीकर्ताको भनाइ छ। यता वाणिज्य बैक समूहमा पनि सबैभन्दा राम्रो वाणिज्य बैक र सबैभन्दा नराम्रो वाणिज्य बैकको मूल्यमा तीव्र असमानता छ। 

जसरी समूहगत रुपमा लगानीकर्ताले शेयरको मूल्य तोकिरहेका छन् त्यसले वाणिज्य बैंकको शेयर मूल्यलाई भने पछि पार्दै लगेका छन्। समूहगत रुपमा लगानीकर्ताको आकर्षण वाणिज्य बैक समूहमा कम भएकै कारण पनि वाणिज्य बैंकले अरू समूहसँग मूल्यमा प्रतिस्पर्धा गर्न सकिरहेका छैनन्।   

तल हेर्नुहोस् कुन कम्पनीको मूल्य कति छ   


comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।