आइतबार सुनको भाउ घट्यो, चाँदीको स्थिर

Aug 01, 2021 11:14 AM Merolagani

आइतबार सुननको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर छ। यस दिन सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ४०० रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ९१ हजार ९०० रुपैयाँ तोकिएको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै, आइतबार चाँदीको भाउ भने स्थिर छ। यस दिन चाँदी अघिल्लो दिनको मूल्य अर्थात प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।