आइतबार स्वास्थ्य विभागलाई पत्र लेख्दै आइस्पानले नेपालमा खोप लगातार भित्रिए पनि अत्यावश्यक सेवाको रुपमा खटिने कर्मचारीहरू अहिलेसम्म प्राथमिकतामा नपरेको जनाएको हो ।
गत बैशाखमा इन्टरनेट सेवालाई पनि सरकारले अत्यावश्यक सेवामा समावेश गरेको थियो । तर, फ्रन्टलाइन सरह काठमाडौं उपत्यका भित्र तथा बाहिरका प्राविधिक र कर्मचारीले खटिने कर्मचारीले खोप नपाएको भन्दै आइस्पानले विरोध समेत जनाएको छ ।
विभागलाई लेखेको पत्रमा भनिएको छ‘ घरघरमा इन्टरनेट सेवा जडान गर्न जाँदा कर्मचारीहरु उच्च जोखिममा काम गरिरहेका छन् भने उपभोक्ता अझै त्रसित छन,अति आवश्यक सेवा प्रवाह गर्न निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायक कर्मचारी उच्च जोखिमा भएकाले र लामो समयदेखि कोभिड खोपको पर्खाइमा रहेकाले खोप उपलब्ध गराउन आइस्पान आग्रह गर्दछ’ ।
आइस्पानका कोषाध्यक्ष पुस्कर बडालले दूरसञ्चार क्षेत्रलाई महामारीमा चलायमान बनाउन लागि पर्ने कर्मचारी र प्रविधिकलाई खोप दिन सरकारले ढिलाई गरेको जनाकारी दिए ।
‘हामीले पटक पटक सरकारलाई ध्यानाकर्षण गराएपनि सरकारले वेवास्ता गरिरहेको छ’ उनले भने ‘ अहिले हजारौं प्राविधिक जोखिम मोलेर घरघरमा इन्टरनेट पुर्याइरहनुभएको छ’ ।
नेपालमा हजारौंको सङ्ख्यामा दूरसञ्चार क्षेत्रको फ्रन्टलाइनम काम गर्ने प्राविधिक र कर्मचारी रहेका छन ।
प्राविधिकहरुले फिल्डमै गएर खटिनुपर्ने, अन्य निकायका कर्मचारी जस्तो वर्कफ्रम होमले नहुने भन्दै आइस्पानले सरकारलाई खोप उपलब्ध गराउन पत्र पठाएको हो ।