श्वेतपत्र लेखनको कार्य अन्तिम चरणमा, एक दुई दिनभित्रै मुलुकको अर्थतन्त्रको यर्थाथ चित्रण सहितको श्वेतपत्र आउने

Aug 01, 2021 01:21 PM Merolagani

अर्थमन्त्रालयले श्वेतपत्र लेखनको कार्य अन्तिम चरणमा पुर्याएको छ । अर्थमन्त्रीमा जनार्दन शर्मा नियुक्ति भएलगतै गरेको पत्रकार भेटघाट कार्यक्रममा मुलुकको अर्थतन्त्रको यर्थाथ चित्रण सहित आगामी दिनमा चाल्नु पर्ने कदमका बारेमा श्वेतपत्र सार्वजनिक गर्ने घोषणा गरेका थिए ।

श्वेतपत्रको लेखनको काम अन्तिम चरणमा पुगेको अर्थमन्त्रालयका एक उच्च कर्मचारीले बताए । ‘एक दुई दिन भित्र सार्वजनिक गर्ने कार्यक्रम छ,’ अर्थमन्त्रालयका ति उच्च कर्मचारीले भने, ‘मुलुकको वर्तमान आर्थिक स्थिति र आगामी दिनमा चाल्ने कदमका बारेमा श्वेतपत्र केन्द्रीत भएको छ ।’

अर्थमन्त्री शर्माले श्वेतपत्र तयार पार्नका लागि योजना आयोगका पूर्वउपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र अर्थशास्त्री डा. सुरेन्द्र उप्रेतीको समूहलाई जिम्मेबारी दिएका थिए । उक्त समूहले रात दिन लगाएर श्वेतपत्र तयार पारेको छ । अर्थमन्त्री शर्माले त्यसलाई ‘फाइनल टच’ दिने मात्र काम बाँकी रहेको अर्थमन्त्रालयका ती कर्मचारीले बताए । अर्थमन्त्री शर्माले कणप्रिय शब्द राखेर त्यसलाई अन्तिम रुप दिने तयारीमा पुगेका छन् ।

सम्भवत केही दिन भित्रैमा उक्त श्वेतपत्र पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारीमा अर्थमन्त्री शर्मा पुगेका छन् । गत साता पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री शर्माले, ‘श्वेतपत्र जारी गर्दा विगतको नेतृत्वलाई गाली गरेर हिरो बन्नु नभएको’ बताएका थिए ।

उनले आफूले तयार पार्ने श्वेतपत्रले कसैको कमजोरीलाई उजागर गर्ने नभएर अर्थतन्त्रको यथार्थ चित्रण मात्र प्रस्तुत गर्ने बताएका थिए । अर्थमन्त्री शर्माले कसैको अबमूल्यन गर्ने काम नगर्ने स्पष्ट गरिसकेका छन्

उनले श्वेतपत्रले यथार्थ चित्रण गर्ने बताएका थिए । राम्रो कि नराम्रो मुल्यांकन गर्न जिम्मा सर्वसाधारणको हुने जिकिर पनि अर्थमन्त्री शर्माले गरेका थिए ।

पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले आफूलाई सुविधा हुने किसिममा तथ्यांकहरु प्रयोग गरेर श्वेतपत्र ल्याएपछि विवादमा मुछिएका थिए । तर, अहिले अर्थमन्त्री शर्माले त्यसबाट पाठ सिकेर त्यस्तो श्वेतपत्र ल्याउने सम्भावना नदेखिएको बिज्ञहरुको भनाइ छ ।

गएको तीन वर्षमा भएका गतिविधिलाई मात्रै समेटेर श्वेतपत्र ल्याउने तयारी अर्थमन्त्री शर्माले गरेका छन् । तर पूर्व अर्थमन्त्री खतिवडाले २० वर्षदेखिका बिषय बस्तुलाई समेटेर श्वेतपत्र ल्याएपछि विवादमा परेका थिए ।

कारोनाले अर्थतन्त्रमा यति असर गर्यो, लगानीको माहोल किन भएन्, रेमिटयान्समा कस्तो असर पर्यो भन्ने जस्ता बिषयलाई समेटेर अर्थमन्त्रीले श्वेतपत्र ल्याउने तयारी अर्थमन्त्री शर्माले गरेका छन् ।

बास्तवमा कोभिड १९ ले गरेका असरहरु र त्यो असरले पारेका कुराहरुलाई संबोधन गर्न नसकेका आयामहरु जसलाई आगामी दिनमा सरकारले संबोधन गर्ने प्रयत्न श्वेतपत्रमा गरिने भएको छ ।

विगतका सरकारलाई गाली गर्नु भन्दा कोभिडलगायतका अन्य कुराले अर्थतन्त्रमा पारेको असर श्वेतपत्रमा उल्लेख गरिने भएको छ । देशको आर्थिक स्थिति कस्तो छ त्यसलाई भनि दिने अनि कोभिडले असर पारेको कुरालाई भनिदिने र ती कुराहरुलाई ‘बेश लाइन’ मानेर हामी अब यसरी जान्छौ भनेर श्वेतपत्र आयो भने राम्रो हुन्छ । नत्र राजनीतिक रुपले बिगतका सरकारहरुलाई आरोप लगाउने खालको श्वेतपत्रले राम्रो संस्कारको विकास नगर्ने अर्थविद डा. गोविन्दराज पोखरेलको भनाइ छ ।

श्वेतपत्रले कोरोना कारण कति असर गर्यो । त्यस्तो असर र बिभिन्न कारणले गर्दा मुलुकको आर्थिक अवस्थामा कस्तो छ । अहिले भइरहेको अर्थतन्त्रले हामीलाई कति दिनसम्म धान्न सक्छ । हाम्रा कमजोरीहरु कहाँ कहाँ छन् । कमजोरीलाई कसरी सुधार्न सकिन्छ भन्ने कुराहरु सर्वसाधारण नागरिकले बुझ्ने किसिमले श्वेतपत्र आउनु पर्छ । आम नागरिकले बुझ्ने भाषमा ‘कम्युनिकेट’ गरेपछि जनताले पनि धैर्यधारण गर्छ । ती कुराहरुलाई सर्वसाधारण नागरिकले मनन गर्छ । त्यस्तो किसिमको श्वेतपत्र जारी गर्नु पर्ने अर्थशास्त्रीहरुको सुझाव छ ।

लगानीको वातावरण धमिल्याउने गरी श्वेतपत्र आउन नहुने पनि बिज्ञहरुले बताउँदै आएका छन् । सवल अर्थतन्त्र भएमा मात्र बैदेशिक लगानी आउछ । मुलुकको अर्थव्यवस्था खराव छ भनियो भने त विदेशी लगानी पनि आउँदैन्, त्यसैले पनि श्वेतपत्र ल्याउदा बिचार पुर्याएर ल्याउनु पर्ने बिज्ञहरुले अर्थमन्त्री शर्मालाई सुझाव दिँदै आएका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।