अब सांसदहरुले आफ्नो तलब भत्ता पनि राष्ट्रिय वाणिज्य बैंकमार्फत नै पाउने भएका छन् । अर्थ मन्त्रालयले हालै सिंहदरबारस्थित सबै कार्यालयको सरकारी खाताहरुको कारोबार राष्ट्रिय वाणिज्य बैंकबाट गर्न निर्देशन दिएपछि संघीय संसदको कारोबार पनि राष्ट्रिय वाणिज्य बैंकबाट गर्न लागिएको हो।
यसअघि सरकारी खाताहरु एभरेष्ट बैंकमार्फत सञ्चालन गरिएको थियो। सांसदहरुले पनि सरकारी कारोबारहरु निजी बैंकबाट भइरहेको भन्दै सरकारी बैंकबाटै कारोबार हुनुपर्ने आवाज उठाउदै आएका थिए।