मनकामना लघुवित्तको शेयर सोमबारदेखि कारोबारमा आउने, ओपनिङ्ग रेञ्ज कति?

Aug 01, 2021 02:44 PM Merolagani

मनकामना स्मार्ट लघुवित्तले सर्वसाधारणमा जारी गरेको समेत गरी १२ लाख ११ हजार ५०० कित्ता शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ। नेप्सेले सोमबारदेखि कारोबार गर्न मिल्ने गरी कम्पनीको शेयर सूचीकृत गरेको हो।

कम्पनीको शेयर दोस्रो बजारमा कारोबारको लागि एमकेएलबि (MKLB) कारोबार संकेत पाएको छ भने पहिलो कारोबारको लागि ११० रुपैयाँ ८४ पैसादेखि ३३२ रुपैयाँ ५२ पैसाको रेञ्ज पाएको छ।

सोमबार यहि रेञ्जमा आधारित रहेको कम्पनीको पहिलो शेयर कारोबार खुल्नेछ।

लघुवित्तले असार १७ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।

यसमध्ये लघुवित्तले ६ हजार ५८ कित्ता अर्थात जारी पूँजीको ०.५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता मात्रै सर्वसाधारणलाई वितरण गरिएको थियाे।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।