सामान्य अंक बढेर बन्द भयो नेप्से, ६ कम्पनीको शेयर १० प्रतिशत बढ्यो

Aug 01, 2021 03:28 PM Merolagani

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।

गत साताको अन्तिम कारोबार दिन ३०७९.८३ विन्दुमा बन्द भएको नेप्से, यस दिन १.२५ अंक बढेर ३०८१.०५ विन्दुमा बन्द भएको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १.२४ अंक, फ्लोट इण्डेक्स ०.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३८ अंक बढेको छ।

यस दिन २२६ कम्पनीको १२ अर्ब १० करोड ३८ लाख रुपैयाँ बराबरको ३ करोड ३ लाख ४२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से सामान्य अंक बढेपनि यस दिन ६ कम्पनीको शेयर १० प्रतिशत बढेको छ। यस दिन सिनर्जी पावर डेभलपमेन्ट, कालिका पावर, युनिभर्सल पावर, ग्रीनलाइफ हाइड्रो, घलेम्दी हाइड्रोपावर र जीवन विकास लघुवित्तको शेयरमूल्य १० प्रतिशत बढेको हो। त्यसैगरी, अन्य ९ कम्पनीको शेयरमूल्य यस दिन ९ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन कारोबारमा आएको लक्ष्मी इक्विटी फण्डको इकाईमूल्य यस दिन सर्वाधिक ६.९८ प्रतिशत घटेको छ। त्यसैगरी, चन्द्रागिरी हिल्स, नारायणी डेभलपमेन्ट बैंक, कुमारी इक्विटी फण्ड, प्रभु इन्स्योरेन्स, एनआईबी समृद्धि फण्ड २ को मूल्य यस दिन ३ प्रतिशतभन्दा बढी घटेको छ।

आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.४९ प्रतिशत बढेको छ भने व्यापार उपसमूहको १.७३ प्रतिशत, लगानीको १.६१ प्रतिशत र लघुवित्तको १.१७ प्रतिशत बढेको छ।

यता होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.३२ प्रतिशत घटेको छ। त्यस्तै, अन्य उपसमूहको परिसूचक १.४३ प्रतिशत, वित्त उपसमूहको १.१८ प्रतिशत, जीवन बीमाको १.१५ प्रतिशत र निर्जीवन बीमाको १.१४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन युनाइटेड मोदीको ३४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।