अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा म्यादी बीमा गर्नेको संख्या ३४.७६ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ८ लाख ६० हजार ५१९ म्यादी जीवन बीमालेख जारी गरेका थिए ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा म्यादी बीमालेखको संख्या करिब ३५ प्रतिशतले घटेर ५ लाख ४७ हजार ६०१ वटामा सिमित भएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा बैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको संख्या भने उलेख्य वृद्धि भएर ३८ हजार ४९२ रहेको छ । गत आर्थिक वर्षको यही अवधिमा श्रम स्वीकृति लिनेको संख्या ९९.२ प्रतिशतले घटेको थियो ।
यस्तै बैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि उल्लेख वृद्धि भएर २२ हजार ९७६ पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । गत आर्थिक वर्षको यही अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या ८६.५ प्रतिशतले घटेको थियो ।
सबैभन्दा धेरै बीमालेख बिक्री गर्नेमा सूर्या लाइफ
चालु आर्थिक वर्षको असोजसम्ममा सूर्या लाइफ इन्स्योरेन्सले सबै भन्दा धेरै म्यादी बीमालेख जारी गरेको छ । यस अवधिमा कम्पनीले २ लाख २९ हजार ८६५ वटा बीमालेख जारी गरेको छ ।
त्यस पछि नेशनल लाइफ १ लाख ६८ हजार ६६० वटा म्यादी बीमालेख जारी गरेको छ । यस्तै सन नेपाल लाइफले ७५ हजार १६० वटा, प्राइम लाइफ ३८ हजार ९५६ वटा, युनियन लाइफले २७ हजार ३६८ वटा, सिटिजन लाइफले ७ हजार ४७४ वटा, नेपाल लाइफले १११ वटा र एलआईसी नेपालले ७ वटा म्यादी बीमालेख जारी गरेका छन् ।
राष्ट्रिय बीमा संस्थान,एशियन लाइफ,गुराँस लाइफ, आइएमई लाइफ,ज्योति लाइफ,रिलायन्स लाइफ,रिलायवल लाइफ,सानिमा,प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्सले भने हालसम्म म्यादी बीमालेख जारी गरेका छैनन् ।
म्यादी बीमा वापत साढे ३३ करोड बीमाशुल्क आर्जन
चालू आर्थिक वर्षको असोजसम्ममा जीवन बीमा कम्पनीहरुले बैदेशिक रोजगार (म्यादी बीमा) बाट ३३ करोड ५३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिको तथ्याङ्क अनुसार यस अवधिमा ५ लाख ४७ हजार ६०९ वटा बीमालेखबाट सो बराबरको बीमाशुल्क आर्जन भएको हो ।
म्यादी बीमा गर्नको लागि हाल श्रम तथा रोजगार विभागमा १७ जीवन बीमा कम्पनीहरु सूचीकृत छन् । त्यस मध्ये चार बीमा कम्पनीहरुले मात्रै पुल प्रणाली मार्फत म्यादी बीमाको सेवा दिइरहेका छन् ।
म्यादी बीमामा पुल प्रणाली हटाउने
नेपाल जीवन बीमक संघले बैदेशिक रोजगार (म्यादी बीमा) मा पुल प्रणाली हटाउने भएको छ । बीमा समितिको निर्देशन अनुसार संघले आगामी आर्थिक वर्षको साउन देखि लागू हुने गरी म्यादी बीमामा पुल प्रणाली हटाउने भएको हो ।
यस अघि समितिले म्यादी बीमामा लपरवाही भएको भन्दै पुल प्रणाली लागू गर्न निर्देशन दिएको थियो ।
पुल प्रणाली खारेज भएपछि जीवन बीमा कम्पनीहरुले सामान रुपमा म्यादी बीमाको विजनेश पाउनेछ । म्यादी बीमा गर्ने १७ जीवन बीमा कम्पनीहरुले समान ५.८८२ प्रतिशत विजनेश पाउनेछन् ।