नबिल ब्यालेन्स्ड फण्ड २ र ३ को प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

Sep 04, 2025 09:53 AM Merolagani



भदौ १९ गते, बिहीबार नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ (NBF2) र नबिल ब्यालेन्स्ड फण्ड ३ (NBF3) को प्रतिफल सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

प्रतिफल वितरण प्रयोजनार्थ यी दुबै फण्डहरुले भदौ २२ गते आइतबार एक दिनका लागि बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुको प्रतिफल प्राप्त गर्न सक्नेछन्।

यी दुबै फण्डहरुले १३–१३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन्।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।