सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Sep 17, 2025 10:58 AM Merolagani



असोज १ गते, बुधबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा घटेको छ । सुन र चाँदी एतिहासिक उचाईबाट घटेको हो ।

यस दिन सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ हो भने चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला दुई लाख १६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाला सुन प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । सो मूल्य हालसम्मकै उच्च हो ।

त्यसैगरी, निरन्तर ऐतिहासिक उचाई बनाउदै बढेको चाँदीको मूल्य आज घटेको हो । यस दिन चाँदी तोलामा ४५ रुपैयाँले घटेको छ । बुधबारको बजारमा चाँदी दुई हजार ५५० रुपैयाँमा खरिदबिक्री भईरहेको छ । मंगलबारको बजारमा चाँदी २ हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको सो मूल्य पनि हाल सम्मकै उच्च हो ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।