सांग्रिला डेभलपमेन्ट बैंकको २१ औँ वार्षिकोत्सव सम्पन्न

Oct 31, 2025 01:44 PM Merolagani



सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) ले आफ्नो २१ औं वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवको अवसरमा बिहीबार बैंकको केन्द्रिय कार्यालय बालुवाटारमा एक कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उज्वल सत्यालले बैंकको यो गौरवपूर्ण यात्रामा साथ दिने सम्पूर्ण सरोकारवाला व्यक्ति र निकायलाई धन्यवाद ज्ञापन गरेका थिए।

उनले आगामी दिनमा सांग्रिला डेभलपमेन्ट बैँक अझ बलियो भएर अघि बढ्ने विश्वास व्यक्त गरेका थिए। बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले अहिलेसम्मको यात्रामा साथ दिने सबै सञ्चालक समितिका पदाधिकारी, कर्मचारी, ग्राहक, नियमनकारी निकाय तथा शेयरधनी महानुभावलाई धन्यवाद ज्ञापन गरेका थिए। उनले लामो सम्बन्धलाई अझ उत्कृष्ट आधुनिक र स्मार्ट सेवाका साथ आगामी दिनमा अझ प्रगाढ र सुमधुर बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे।

वार्षिकोत्वसको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकले बाँड्दै न्यानोपन जोड्दै आफ्नोपन अभियान घोषणा गरेको छ। लिड फर नेपाल नामक संस्थासँगको सहकार्यमा सञ्चालन गरिने यस अभियान अन्तर्गत बैंकका १० वटा क्लस्टर मार्फत न्यानो कपडा संकलन गरी इलामका बाढीपहिरो प्रभावित नागरिकलाई प्रदान गरिने बैंकले बताएको छ। यो अभियानमा सांग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट पनि ज्याकेट लगायत न्यानो कपडा उपलब्ध गराइने बैंकको भनाइ छ।

यसैगरि, वार्षिकोत्वसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका थिए। कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकमा सेवाको ५, १० र १५ वर्ष पूरा गरेका २० जना कर्मचारीलाई सम्मान गरिएको थियो।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।