यस दिन सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा ५० रुपैयाँ बढेर बनाएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात शुक्रबार, यस्तो सुन प्रतितोला २ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, यसदिन चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेकाे छ । आजको बजार चाँदी ताेलाकाे तीन हजार ६ सय ५ रुपैयाँमा खरिद बिक्री भएको छ । शुक्रबारको बजारमा चाँदी प्रतितोला तीन हजार ५ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।
