सुनको मूल्य घट्यो, चाँदी बढ्यो

Dec 09, 2025 11:17 AM Merolagani



मंसिर २२ गते, मंगलबार, नेपाली बजारमा सुनको घटेको छ भने चाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ घटेको छ भने चाँदी तोलामा १५ रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ५१ हजार ९०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात साेमबार, यस्तो सुन प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यस दिन चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । आजको बजारमा चाँदी तोलाको तीन हजार ६०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला तीन हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो ।