कांग्रेसमा उम्मेद्वार सिफारिस शुरु , झापा १ बाट विश्वप्रकाश शर्मा तथा रोल्पाबाट गगन थापा सिफारिस

Dec 09, 2025 06:19 PM mero lagani



कांग्रेसले १५ मंसिरमा बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रतिनिधिसभाका लागि समानुपातिक र प्रत्यक्षतर्फ तथा राष्ट्रियसभाका लागि उम्मेदवारको नाम सिफारिस गर्न परिपत्र जारीपछि विभिन्न जिल्लाहरुले उम्मेद्वार सिफारिस गर्न थालेका छन्।

त्यसैक्रममा महामन्त्री विश्वप्रकाश शर्माको नाम उम्मेदवारका लागि एकल सिफारिस भएको छ ।

उनको नाम झापा निर्वाचन क्षेत्र नम्बर १ बाट एकल सिफारिस भएको हो । २०७९ को निर्वाचनमा उनी यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।

उता अर्का महामन्त्री गगनकुमार थापाको नामा रोल्पाबाट सिफारिस भएको छ ।

एउटामात्रै निर्वाचन क्षेत्र रहेको रोल्पामा थापासहितको ५ जनाको नाम सिफारिस भएको हो ।

पार्टीको रोल्पा जिल्ला कार्यसमितिले महामन्त्री थापा, कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणि आचार्य, व्यवसायी डा। मन्दीप सुवेदी र युवा नेता ज्ञानबहादुर ओलीको नाम सिफारिस गरेको छ।