इरानसँगको शान्ति सम्झौता ‘लगभग टुङ्गिएको’ ट्रम्पको दाबी

May 24, 2026 11:05 AM Merolagani



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको शान्ति सम्झौताको मस्यौदा ‘लगभग तयार’ भएको घोषणा गरेका छन् । शनिवार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत जानकारी दिँदै उनले अमेरिका, इरान र मध्यपूर्वका अन्य सम्बन्धित राष्ट्रहरूबीचको सहमतिमा यो सम्झौतालाई अन्तिम रूप दिन लागिएको बताए ।

उक्त सम्झौताको एक महत्वपूर्ण हिस्साका रूपमा ‘स्ट्रेट अफ हर्मुज’ (हर्मुज जलसन्धि) खुला गरिने ट्रम्पले उल्लेख गरे। सम्झौताका अन्तिम पक्ष र विस्तृत विवरणहरूमा हाल छलफल भइरहेको र यसबारे छिट्टै औपचारिक जानकारी सार्वजनिक गरिने उनले बताए ।

यसै सिलसिलामा ट्रम्पले शनिवार दिउँसो खाडी तथा अन्य क्षेत्रीय नेताहरूसँग टेलिफोन संवाद गरी इरानको पछिल्लो प्रस्तावबारे समीक्षा गरेका छन् । उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग पनि छुट्टै कुराकानी गरेको र उक्त संवाद अत्यन्त सकारात्मक रहेको जानकारी दिएका छन् ।