विशेष गरी, पार्टीको आन्तरिक साङ्गठनिक सुदृढीकरण र पछिल्लो राजनीतिक परिस्थितिबारे ठोस निर्णय लिन यो बैठक आह्वान गरिएको हो । बैठकको कार्यतालिकाअनुसार यसअघिका छलफलहरूमा पार्टीका पदाधिकारीहरूले उठाएका प्रश्न र जिज्ञासाहरूको सम्बन्धमा अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । बैठकले पार्टीको साङ्गठनिक संरचनालाई थप व्यवस्थित बनाउन आवश्यक जिम्मेवारी बाँडफाँट र कार्यदल गठनसम्बन्धी निर्णयहरू गर्नेछ ।