प्रीति अग्रवालले चुमिन् सगरमाथा, बनिन् पहिलो मारवाडी महिला

May 24, 2026 03:42 PM Merolagani



नेपालकी प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथामा पाइला टेक्दै नयाँ इतिहास बनाएकी छन्। मारवाडी समुदायबाट पहिलो पटक सगरमाथा आरोहण गरेपछि उनको नाम कीर्तिमानी सूचीमा दर्ज भएको हो।

सन् २०२६ मे २१ को बिहान उनले सफल रूपमा सगरमाथाको चुचुरो चुमेकी हुन्। ‘द समिट फोर्स प्रा.लि’ का अनुसार प्रीतिले अनुभवी आरोहण सहयोगी पासाङ शेर्पा र निमा थिन्दुक शेर्पाको साथमा उनले आफ्नो शिखर यात्रा पूरा गरेकी थिइन्।

 

पर्वतारोहणमा उनको यात्रा छोटो भए पनि उपलब्धि भने असाधारण छ। सन् २०२४ मा लोबुचे हिमालबाट आरोहण यात्रा सुरु गरेकी उनले त्यसपछि अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारो, नेपालको मेरा पिक र विश्वको आठौँ अग्लो हिमाल मनास्लु सफलतापूर्वक चढिसकेकी छन्।

छोटो समयमै एकपछि अर्को सफलता हासिल गर्दै उनले सगरमाथाको शिखरमा मारवाडी समुदाय र समग्र नेपालको नाम चम्काएकी छन्।