सुधन गुरुङको सम्पत्ति छानबिन प्रतिवेदनः गुरुङले गैरकानुनीरूपमा सम्पत्ति आर्जन गरेको देखिएन

Jun 09, 2026 01:33 PM Merolagani



पूर्वगृहमन्त्री एवं रास्वपा सांसद सुधन गुरुङको सम्पत्ति विवरणबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनले गुरुङले गैरकानुनीरूपमा सम्पत्ति आर्जन गरेको नदेखिएकाे निष्कर्ष निकालेकाे छ । उक्त प्रतिवेदन मन्त्रिपरिषद्ले आज ग्रहण गरेको छ ।

प्रतिवेदनमा भनिएको छ, 'पूर्व गृहमन्त्री तथा हाल प्रतिनिधि सभाका सदस्य माननीय सुधन गुरुडले आर्जन गरेको आयबाट हालसम्मको अवधिमा विभिन्न कम्पनीहरूमा लगानी तथा शेयर खरिद समेतको कार्यमा खर्च गरेको देखिएकोमा निजको आय र खर्च समेतलाई समिति समक्ष प्राप्त सूचना, कागजात प्रमाण एवं विवरणका आधारमा छानविन, अध्ययन र विश्लेषण गर्दा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि गर्ने यथेष्ट आधार प्रमाण देखिएन ।'