नौ वटा कम्पनीको हकप्रद भर्ने म्याद सकिदैछ, छुट्नुहोला (फारम भर्ने तरिकासहित)

Apr 17, 2017 Merolagani

पूँजी बृद्धिको चटारो जारी रहँदा अहिले नौ कम्पनीले निर्धारित समय भन्दा अगाडि सेयर किनेका लगानीकर्ताहरुका लागि हकप्रद सेयर बिक्री गरिरहेका छन् । कयौं लगानीकर्ताले हकप्रद भर्ने म्याद थाहा नपाउँदा सस्तोमा सेयर किन्ने अबसर गुमाईरहेका हुन्छन् । उनीहरुलाई सही जानकारी दिलाउने उद्धेश्यले मेरोलगानी डटकम यो बिशेष सामाग्री प्रस्तुत गर्दछ । 

कुन कुन कम्पनीले हकप्रद बेचिरहेका छन् ? 

अहिले हकप्रद जारी गरिरहेका कम्पनीहरुमा डिप्रोक्स लघुवित्त, कुमारी बैंक, मिसन डेभलपमेन्ट बैंक, नेरुडे लघुवित्त, टुरिजम् डेभलपमेन्ट बैंक, एनआईसी एशिया बैंक, प्रभू इन्स्योरेन्स, सिटिजन्स् बैंक, र लक्ष्मी बैंक रहेका छन् । उल्लेखित कम्पनीहरु मध्ये केहीको हकप्रद भर्ने अन्तिम म्याद नजिक आईसकेको छ भने केहीको  समय बाँकी छ । 

 

चैत ३ गतेदेखि खुलेको मिसन डेभलपमेण्ट बैंकको शतप्रतिशत हकप्रद बैशाख ६ गते निष्काशन बन्द हुँदैछ ।

कुमारी बैंकले चैत ६ गतेदेखि निष्काशन गरिरहेको ५० प्रतिशत हकप्रद बैशाख १० गते निष्काशन बन्द हुँदैछ ।

 

डिप्रोक्स लघुवित्तले चैत ७ देखि निष्काशन गरिरहेका शतप्रतिशत हकप्रद बैशाख १० गते नै निष्काशन बन्द हुँदैछ । 

चैत १३ गतेदेखि शतप्रतिशत हकप्रद निष्काशन गररहेको टुरिजम डेभलपमेण्ट बैंकको हकप्रद आबेदन बैशाख १७ गते बन्द हुँदैछ ।

त्यसै गरी चैत १४ देखि निष्काशन  भैरहेको नेरुडे लघुवित्तको ५० प्रतिशत हकप्रद बैशाख १७ गते निष्काशन बन्द हुँदैछ ।

एनआईसी एशिया बैंकले चैत १६ गतेदेखि १५ प्रतिशत हकप्रद निष्काशन गरिरहेको छ । बैशाख १९ गते बैंकको हकप्रद निष्काशन बन्द हुँदैछ ।

सिटिजन्स बैंकले पनि चैत २४ गतेदेखि निष्काशन गरिरहेको २५ प्रतिशत हकप्रद बैशाख २७ गते बन्द हुँदैछ ।

प्रभु इन्स्योरेन्सले चैत ३० गतेदेखि निष्काशन गरिरहेको ५० प्रतिशत हकप्रद जेठ २ गते  बन्द हुँदैछ ।

लक्ष्मी बैंकले  बैशाख ३ गतेदेखि जेठ ७ गतेसम्म शतप्रतिशत हकप्रद निष्काशन गरिरहेको छ ।

सेयरधनी बिबरण थाहा पाउने तथा फारम प्राप्त गर्ने तरिका 

अहिले हकप्रद निष्काशन गरिरहेका नौ कम्पनीहरुको हकप्रदको आवेदन फारम तथा हकप्रद भर्नु पर्ने  विबरण राखिएको छ । हरियो अक्षर भएका ठाउँमा क्लिक गर्नुहोस् ।

संस्थाको नाममा आउने लिंकमा हकप्रदको आवेदन फारम राखिएको छ भने हकप्रद अनुपातमा दिइएको लिंकमा भर्नु पर्ने हकप्रदको विबरण राखिएको छ । 

एनआईसी एशिया,  टुरिजम डेभलपमेण्ट बैंक र सिटिजन्स बैंकले मात्र हकप्रदको विबरण अनलाईनबाटै हेर्न सक्ने व्यवस्था मिलाएका छन् । अरु कम्पनीको सेयर आवेदन फारम मात्र उपलब्ध गराइएको छ । 

कसले किन्न पाउँछ हकप्रद ?


यसरी निश्काशन भएको हकप्रद सेयर किन्न सम्बन्धित कम्पनीले हकप्रदका लागि सेयरधनी दर्ता किताब बन्द गरेको भन्दा अघिल्लो दिनसम्म सेयर किन्न वा पहिलेदेखि नै सेयर धारण गरेकाहरु हकवाला हुनेछन् । केही कम्पनीले हकप्रद भर्न नसक्नेलाई हक हस्तान्तरण गरी हकप्रद किन्ने सुबिधा पनि दिएका हुनसक्छन् ।


हकप्रद दिने हैन बेच्ने हो, खराब कम्पनीमा धेरै उचालिनु घातक

हकप्रद निश्काशन भन्नाले कायम भएका सेयरधनीलाई सस्तोमा सेयर किन्ने अबसर हो, कम्पनीले सित्तैमा दिएको हैन । सेयर बेचेर कम्पनीलाई आबश्यक भएको पैसा सेयरधनीबाट लिने एउटा प्रक्रिया हो । जुन कम्पनी खराब वा कमजोर हुन्छ र बोनस सेयर दिएर पूँजी बढाउँन सक्दैन, उसले नै धेरै हकप्रद सेयर बिक्री गर्ने घोषणा गरेको हुन्छ । 

कतिपय लगानीकर्ताहरु फलानो कम्पनीले हकप्रद दिने भयो भन्दै उचालिएर सेयर किन्छन् । चाहे कम्पनी जत्ति धेरै खत्तम किन नहोस, जसले बढी अनुपातमा हकप्रद जारी गर्ने निर्णय सार्वजनिक गरेको हुन्छ, उसको त्यत्तिकै धेरै सेयर मूल्य बढाएर किन्ने प्रबृत्ति सेयर बजारमा देखिन्छ, यो निकै घातक सावित हुँदैछ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।