स्टाण्डर्ड चार्टर्डको एफपीओ बाँडफाँड,कसले कति पाए ?

May 08, 2017 merolagani

स्टाण्डर्ड चार्टर्ड बैंक (SCB) ले बिक्री गरेको थप नयाँ साधारण सेयर (एफपीओ ) सोमबार साँझ बाँडफाँड भएको छ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले दिएको जानकारी अनुसार १४० कित्तासम्म आवेदन गर्नेलाई गोलाप्रथाबाट दश कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ ।

त्यसभन्दा माथि १५० र १६० कित्ताका आवेदकलाई दश कित्ताका दरले सेयर वितरण गरिएको छ भने  १७० कित्तादेखि बढी आवेदन गर्नेलाई ६.३८ प्रतिशतका दरले सेयर वितरण गरिएको छ ।

जस अनुसार १७० कित्ता आवेदन गर्नेले ११ कित्ता तथा सबैभन्दा बढी २५ हजार ५८० कित्ता आवेदन गर्नेले १६३० कित्ता सेयर पाएका छन। क्यापिटलका अनुसार ९९ जना आवेदकले १६३० कित्ताका दरले सेयर पाएका छन ।

कम्पनीले २५ लाख ५८ हजार एक सय ४० कित्ता नयाँ सेयर बिक्री खुला गरेकोमा ११.४ गुणा बढी आवेदन परेको थियो ।

 

स्टाण्डर्ड चार्टर्डको एफपीओ निष्कासन हुँदा मेरोलगानीले यस प्रकारको खबर प्रकाशीत गरेको थियो । त्यत्तीबेला यो खबर प्रकाशन गर्दा थुप्रै लगानीकर्ताले आलोचना समेत गरेका थिए । 

 

होसियार, स्टान्डर्ड चार्टर्डको एफपीओमा आवेदन गरेर धान्न नसकिने घाटा खानुहोला (तथ्य र आँकलनसहित)

 

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।