बैंकबाट नेपाल क्लियरिङ्ग हाउस अन्तर्गत विद्युतिय चेक भुक्तानी (NCHL-ECC) र अन्तरबैंक भुक्तानी प्रणालीका (NCHL-IPS) सुविधाहरु बैंकको सबै शाखाबाट सेवा लिन सकिने बैंकले बताएको छ ।
connectIPS e-Payment प्रणाली मार्फत ग्राहकले अनलाइनबाटै राजस्व भुक्तानी लगायत अन्य भुक्तानीहरु बैंकको खाताबाट कारोवार गर्न सक्ने बैंकले बताएको छ ।
यसको लागि www.connectips.com बाट User Id बनाएपछि बैंकले खाताको सम्पुर्ण जानकारी राखी रुजु गराए पछि ग्राहकहरुले राजस्व बुझाउन लाइन बस्नु पर्ने छुटकारा प्राप्त गर्ने बैंकले बताएको छ ।