दोस्रो बजारमै पाईन थाल्यो आइपिओकै भाउमा शेयर, यी हुन् सस्ता कम्पनी

Jun 19, 2018 Merolagani

निरन्तर शेयरबजार ओरालो लाग्दा अधिकांस कम्पनीहरुको सेयरमूल्य सस्तिएको छ । बजार घट्दै जादा दर्जर्नौ कम्पनीको शेयरमूल्य आइपिओकै हारहारीमा झरेको छ ।नेशनल हाइड्रोपावर कम्पनीको शेयरमूल्य आइपिओ भन्दा पनि कम मूल्यमा झरेको छ ।

सोमबारको कारोबार बन्द हुँदाको मूल्य हेर्दा झण्डै दुई दर्जन कम्पनीको शेयरमूल्य आइपिओकै हाराहारीमा रहेको छ । नेशनल हाइड्रोको सबैभन्दा कम ८५ रुपैयाँमा दोस्रो बजारमा शेयर पाइएको छ ।

यसैगरी जेबिल्स फाइनान्सको शेयर प्रतिकित्ता एक सय रुपैयाँमा झरेको छ । शेयरबजारका सबैभन्दा सस्ता २० कम्पनीमा वल्र्ड मर्चेन्ट, खानिखोला हाइड्रो, कर्णाली डेभलपमेन्ट, गोर्खा फाइनान्स, दिव्यश्वरी हाइड्रो लगायतको शेयरमूल्य आइपिओकै हाराहारीमा झरेको छ । 

सबैभन्दा सस्तो शेयरमूल्य भएका २० कम्पनीमा अधिकांस फाइनान्स कम्पनीहरु रहेका छन् । केही विकास बैंक र हाइड्रोपावर कम्पनीहरु पनि यो सूचिमा रहेका छन् । जसको शेयरमूल्य ८५ रुपैयाँदेखि १३१ रुपैयाँ प्रतिकित्तासम्म रहेको छ ।

 

कम्पनीको शेयरमूल्य सस्तो भएकै आधारमा मात्र शेयर खरिद गर्नु मुखर्ता हुनसक्छ ।कम्पनीको शेयरमूल्य मात्र होइन ती कम्पनीहरुको समग्र वित्तीय अवस्थाको अध्ययन गरेर लगानीमा गरेमा जोखिम कम हुनसक्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।