नेशनल हाईड्रोपावरको प्रतिशेयर आम्दानी ४२ पैसा मात्रै

Aug 01, 2018 Merolagani

पटक पटक व्यवस्थापन फेरिए पनि नेशनल हाइड्रो(NHPC) को अवस्था झन झन दयनिय बन्दै गएको छ । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा उच्चदरले घट्दा प्रतिशेयर आम्दानी ४२ पैसामा खुम्चिएको छ ।

कम्पनीले गत आर्थिक बर्षमा १४ लाख ६७ हजार रुपैयाँ मात्रै नाफा गरेको छ । कम्पनीको विद्युत विक्रीबाट ४ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको संचालन खर्च बढेपछि नाफा खुम्चिएको हो ।

चुक्ता पूँजी एक अर्ब ३८ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोष ४३ करोड ३३ लाख रुपैयाँ ऋणात्मक छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ०.४८ रुपैयाँ तथा प्रतिशेयर नेटवर्थ ६८.७३ रुपैयाँ रहेको छ कम्पनीले अझै १४ करोड ५५ लाख रुपैयाँ कर्जा चुक्ता गर्न बाँकी छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।