लक्ष्मी बैंककाे ब्याजदर परिमार्जित, १२.५ देखि १६.५० प्रतिशतमा मार्जिन कर्जा

Aug 31, 2018 Merolagani



लक्ष्मी बैंक (LBL) ले भदौ १६ गते शनिबारदेखि लागू हुनेगरि परिमार्जित व्याजदरको सूचना प्रकाशित गरेको छ । बैंकले साधारण बचतमा एक प्रतिशत ब्याजदर घटाएपनि कर्जामा भने असारमा रहेकाे ब्याजदरमा कुनै परिवर्तन गरेकाे छैन । जसमा आधार ब्याजदरमा न्यूनतम एक देखि अधिकतम पाँच प्रतिशत प्रिमियम थपेर सेयरधितो कर्जा प्रवाह गर्ने उल्लेख छ । 

बैंकको आधार ब्याजदर असारकाे तुलनामा साउन मसान्तमा ०.३४ प्रतिशतले घटेर ११.१४ प्रतिशतमा आइपुगेको छ । बैंकले प्रकाशन गरेको सूचनामा भने आषाढ मसान्तको आधार ब्याजदर ११.४८ प्रतिशतलार्इ उल्लेख गरेकाे छ । 

बैंकले प्रकाशन गरेकाे सूचनामा उल्लेख गरिएकाे असारकाे अाधार ब्याजदर अनुसार लक्ष्मी बैंकबाट सेयर धितोकर्जा लिने ऋणीले न्यूनतम साढे १२ प्रतिशतदेखि अधिकतम साढे १६ प्रतिशत ब्याजदरमा मार्जिन प्रकृतिको कर्जा प्राप्त गर्न सक्दछन् ।

अन्य १७ प्रकारको ऋणमा बैंकले आधार ब्याजदरमा न्यूनतम एक देखि पाँच प्रतिशत प्रिमियम थपेर कर्जा प्रवाह गरिने बताएको छ । लघुवित्तहरुलाई भने आधार ब्याजदरमा अधिकतम ६ प्रतिशतसम्म प्रिमियम शुल्क तोकिएको छ । बैंकले संसाेधन गरेकाे नयाँ ब्याजदर अगाडि र पूरानाे ब्याजदर  तस्विरमा पछाडि देखाइएकाे छ ।

 

त्यसैगरि कर्पोरेट ओभर डाफ्टमा अधिकतम पाँच प्रतिशत प्रिमियम र साना तथा मझौला तथा अन्य प्रकृतिकाे कर्जामा तीन देखि पाँच प्रतिशत थप प्रिमियममा कर्जा प्रवाह हुने जनाएको छ ।

इम्पोर्टर्स लोनमा आधार ब्याजदरमा अधिकतम पाँच प्रतिशत र साना तथा मझौला र अन्य प्रकृतिको कर्जामा आधार व्याजदरमा दुई देखि पाँच प्रतिशत थप प्रिमियम बुझाउनुपर्छ ।


 

 

यसअघि असार ८ गते (जुन २२) ब्याजदर परिवर्तन गरेको बैंकले ६९ औं दिनपछि ब्याजदर परिवर्तन गरेको हो । सेप्टेम्बर १ बाट नयाँ ब्याजदर लागू हुनेगरि प्रकाशन गरेको ब्याजदरकाे सूचीमा धेरै शिर्षकको ब्याजदर परिवर्तन गरेको छैन । साधारण बचतकाे व्याजदर घटाइएकाे छ भने मनाेकामना र शुभलक्षमी बचत हटाइएकाे छ । 

बैंकले साधारण बचतको ब्याजदर एक प्रतिशत घटाएर बार्षिक पाँच प्रतिशतमा झारेको छ । यसअघि बैंकले साधारण बचतमा ६ प्रतिशत ब्याजदर प्रदान गर्दै आइरहेको थियो ।

 

बचतका अन्य शिर्षकहरु सम्मान बचत,शक्ति, सुनौलो, धनलक्ष्मी, सुपर उमन र शुभ लक्ष्मी सेभिङ्गको ब्याजदर ६.५ प्रतिशत असारकाे समान रहेको छ । त्यसैगरि ओरेन्ज सेभिङ्गमा पनि बार्षिक ७ प्रतिशत ब्याजदर परिवर्तन गरिएकाे छैन ।

मुद्धती निक्षेपतर्फ बैंकले १० देखि साढे १० प्रतिशत ब्याजदर प्रवाह गर्ने भएको छ । संस्थागत निक्षेपतर्फ एक बर्ष भन्दा कम समयका लागि ८ र एक बर्षमाथिको मुद्धतीमा १० प्रतिशत ब्याज दिने भएको छ ।




शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।