बरुण हाइड्रोपावरको विद्युत बिक्रीकाे अाय बढेपनि नाफा घट्ने यस्तो देखियो प्रमुख कारण

Sep 09, 2018 Merolagani

बरुण हाइड्रोपावर कम्पनीले आइतबार गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार कर पछिको नाफा गत आर्थिक वर्षको चौथो त्रैमास सम्ममा एक करोड १७ लाख रुपैयाँमा खुम्चिएको छ ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा बरुण हाइड्रोपावरले ६ करोड ६० लाख रुपैयाँ नाफा गरेको थियो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा पाँच करोड ४२ लाख रुपैयाँले कम हो । 

गत आर्थिक बर्षमा कम्पनीले विद्युत बिक्रीबाट आठ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको यस अवधिको तुलनामा करिब एक करोड १३ लाख रुपैयाँ अर्थात १५.०६ प्रतिशतले बढाएको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले सात करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

अघिल्लो बर्षमा अन्य आम्दानीबाटै १५ करोड ३६ लाख कमाएको यस कम्पनीको गत आर्थिक बर्षमा अन्य आम्दानी शून्य हुँदा नाफा घटेको हो । आम्दानी घटेपछि कम्पनीको सञ्चालन नाफा पनि १३ करोड १३ लाखबाट ७ करोड २५ लाख रुपैयाँमा खुम्चिएको छ ।

२५ करोड ५१ लाख ५० हजार रुपैयाँ रहेको शेयर पूँजी रहेको बरुण हाइड्रोको जगेडा कोषमा एक करोड २२ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीले आयोजनामा २९ करोड ४८ लाख बैंकमार्फत दिर्घकालीन लगानी गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ६२ पैसा र प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ ७८ पैसा र मूल्य आम्दानी अनुपात ३२.४६ गुणा बढी छ । कम्पनीले एक बराबर एक अनुपातमा हकप्रद जारी गर्न धितोपत्र बोर्डमा निवेदन समेत दिएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।