साना किसानले कृषि विकास बैंकबाट लिएको ऋण सरकारले तिरिदिने

Dec 13, 2018 merolagani



सोमबार बसेको मन्त्रिपरिषद बैठकले किसानहरुको ऋण मिनाहा गर्ने निर्णय गरेको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय भएको जानकारी दिए ।

किसानलाई मिनाहा गरिएको ऋण सरकारले कृषी विकास बैंकमा तिरिदिने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

यस्तै सरकारले भारत सरकारले भर्खरै प्रचलनमा ल्याएको भारतीय दुई सय रुपैयाँको नोट नेपालमा प्रचलनमा नल्याउने निणर्य गरेको मन्त्री बास्कोटाले जानकारी दिए ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।