एनएमबि बैंकले तीन अर्बको ऋणपत्र निष्काशन गर्ने, दश प्रतिशत ब्याजदर

Feb 28, 2019 Merolagani

नेपाल धितोपत्र बोर्डले एनएमबि बैंक (NMB) लाई ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासनको अनुमति प्रदान गरेको छ। बैंकले प्रति यूनिट १००० दरका ३० लाख कित्ता ऋणपत्र बिक्री गर्नेछ। दश बर्षे ’एनएमबि ऋणपत्र २०८५’ मा बार्षिक दश प्रतिशत ब्याज उपलब्ध गराउने बैंकले जनाएको छ।

बैंकले कुल कित्तामध्ये ४० प्रतिशतले हुन आउने १२ लाख कित्ता अर्थात बैंकले एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणका लागि जारी गर्नेछ।

बाँकी रहेको १८ लाख कित्ता अर्थात एक अर्ब ८० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट ( प्राइभेट प्लेसमेन्ट) बिक्री हुने बैंकले जनाएको छ ।

ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमीटेड रहेको छ।

दश वर्षे अवधिको ऋणपत्रमा लगानी गर्नेले वार्षिक १० प्रतिशतका दरले ब्याज पाउनेछन् । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ । ऋणपत्र १० वर्षपछि परिपक्व हुनेछ ।

बैंकले ऋणपत्र निष्कासनका लागि गरेको क्रेडिट रेटिङ अनुसार न्युन जोखिम जनाउने अर्थात प्रयाप्त सुरक्षा सूचक रहेको ’इक्राएनपि एलए माइनस’ प्राप्त गरेको छ।

एनएमबी बैंकले यसअघि ५० करोडको ऋणपत्र निश्कासन गरिसकेको छ ।

बैंकिङ क्षेत्रमा देखिएको तरलताको अभावलाई समाधान गर्न बैंहरुले ऋणपत्रको निष्काशनलाई जोड दिन थालेका छन्। निक्षेप संकलन तथा ऋण लगानीको अनुपात बढ्दै गए पछि बैंकहरुलाई पूँजीकोष अनुपात वृद्धि गर्न दबाब पर्दै आएको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।