कनेक्ट आईपिएसबाट अब रियल टाइम भुक्तानी कारोबार हुने

Mar 11, 2019 Merolagani

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले सञ्चालन गर्दै आएको कनेक्ट आईपिएस इ पेमेन्ट प्रणालीमा सानो रकमको भुक्तानीहरु रियल टाइममा कारोबार हुने गरि हालै प्रणालीको सफलतापूर्वक स्तरोन्नति गरिएको छ।

जस अनुसार अनलाइन रकमान्तर, नेपाल सरकारलाई गरिने भुक्तानीहरु तथा अन्य सेवा प्रदायकलाई गरिने भुक्तानीहरु पाउने तथा भुक्तानी गर्ने ग्राहकको बैंक खातामा तुरुन्त हुनेछ । 

यस अघि एकै बैंकमा गरिने भुक्तानी मात्र रियल टाइममा हुने व्यवस्था रहेकोमा यस स्तरोन्नति पछि कुनै पनि बैंक खाताबाट अनलाइन रियल टाइममा रकम ट्रान्सफर गर्न सकिने भएको छ । यस प्रणालीमा भुक्तानी कारोबारहरु सिधै बैंक खाताबाट हुने हुदा रकम ट्रान्सफरको लागि कुनै मध्यस्तकर्ताको आवश्यकता रहँदैन।

कनेक्ट आईपिएस इ पेमेन्ट प्रणाली मार्फत् बैंकका ग्राहकले अनलाइन, मोवाइल अथवा पेमेन्ट प्रोसेसर (गेटवे) मार्फत् आफ्नो कारोबार गर्न सक्छन् । हाल ४४ बैंक वित्तीय संस्थाहरुका ग्राहकले यसको सुविधा लिने व्यवस्था रहेको छ ।

यसमा उपलब्ध सेवाहरुमा अनलाईन फण्ड ट्रान्सफर, नेपाल सरकारलाई गरिने भुक्तानी लोकसेवा, आन्तरिक राजस्व), सेयर ब्रोकर भुक्तानी, डिम्याट शुल्क, डिपी शुल्क, क्रेडिट कार्ड भुक्तानी, मोबाइल वालेट लोड/अनलोड तथा अन्य क्रेडिटर भुक्तानीहरु गर्ने व्यवस्था रहेका छन् ।

यसमा अनलाइनबाट गरिने कारोबार सीमा एक लाख र मोबाइलबाट गरिने कारोबार सीमा पाँच हजार रहेको छ । नेपाल राष्ट्र बैंक तथा सम्पूर्ण बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्धित यस नेपाल क्लियरिङ्ग हाउसले इसीसी आइपीएस र कनेक्ट आइपिएस जस्ता राष्ट्रिय स्तरका भुक्तानी प्रणालीहरु सञ्चालन गर्दै आएको छ जसको दैनिक औसत सेटलमेन्ट कारोबार ३५ अर्ब रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।