नेप्सेको सर्किट ब्रेक प्रणालीमा संसोधन हुँदै, यस्तो छ नयाँ प्रस्ताव

Mar 27, 2019 Merolagani

नेपाल स्टक एक्सचेञ्जले अनलाइन कारोबार प्रणालीको सुरुवात गरेपछि सर्किट ब्रेक प्रणालीमा पनि संसोधन गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले हालको सर्किट ब्रेकिङ्ग प्रणाली संसोधनका लागि उचित विकल्प खोजी जानकारी गराउन नेप्सेलाई निर्देशन दिएको थियो। सोही निर्देशन अनुसार नेप्सेले नयाँ प्रणालीको प्रस्ताव तयार गरी सञ्चालक समितिबाट निर्णय गराएर धितोपत्र बोर्डमा बुझाएको हो ।

नेप्सेले धितोपत्र बोर्डलाई बुझाएको प्रस्तावमा २ किसिमको सर्किट ब्रेकको समय प्रस्ताव गरिएको छ।

पहिलो प्रस्तावमा बजार घटबढको प्रतिशतमा मात्र हेरफेर गरी हाल विद्यमान व्यवस्थाको समयलाई नै व्यवहारिक मानिएको छ। भने दोस्रो प्रस्तावमा बजार घटबढको प्रतिशतका साथै कारोबार स्थगनको अवधिमा समेत संसोधन प्रस्ताव गरिएको छ।

पहिलो प्रस्तावमा नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार सुरु भएपछिको पहिलो एक घण्टा भित्रमा बजार ४ प्रतिशतले घटबढ भएमा १५ मिनेटका लागि कारोबार स्थगित गर्ने प्रस्ताव गरिएको छ। त्यसै गरी कारोबार सुरु भएको २ घण्टा भित्रमा ५ प्रतिशतले बजार घटबढ भएमा ३० मिनेटका लागि कारोबार स्थगित गर्ने प्रस्ताव गरिएको छ। त्यसैगरी बजार खुलेपछि कुनै पनि समयमा ६ प्रतिशतको घटबढ भएमा पूरा दिनका लागि शेयर कारोबार स्थगित गर्ने प्रस्ताव गरिएको छ ।

दोस्रो प्रस्तावमा शेयर बजार खुलेको पहिलो १ घण्टमा बजार ४ प्रतिशतले घटबढ भएमा २० मिनेटका लागि कारोबार स्थगित गर्ने प्रस्ताव गरिएको छ। त्यसैगरी कारोबार खुलेको २ घण्टाभित्रमा बजार ६ प्रतिशतले घटबढ भएमा ४० मिनेटका लागि कारोबार स्थगन गर्ने प्रस्ताव गरिएको छ। बजार खुलेपछि कुनै पनि समयमा ८ प्रतिशतको उतारबढाव आएको खण्डमा पूरा दिनका लागि शेयर कारोबार स्थगित गर्ने प्रस्ताव गरिएको छ ।

अहिलेको व्यवस्था अनुसार बजार खुलेको पहिलो १ घण्टामा ३ प्रतिशतको उतारचढाव आएमा १५ मिनेटका लागि, बजार खुलेको २ घण्टा भित्रमा ४ प्रतिशतको उतार-चढाव आएमा ३० मिनेटका लागि र कुनै पनि बेला ५ प्रतिशतको उतारचढाव आएमा पुरा दिन शेयर कारोबार स्थगित हुने व्यवस्था छ ।

नेप्सेले पठाएको प्रस्तावका आधारमा अहिलेकोभन्दा धेरै अङ्कले बजार तल माथि हुँदा मात्र सर्किट ब्रेक लाग्नेछ। यद्यपी नेप्सेको प्रस्तावलाई धितोपत्र बोर्डले कसरी अन्तिम रुप दिन्छ भन्ने हेर्न बाँकी छ। धितोपत्र बोर्डले दोस्रो बजारमा भित्रिएको प्रविधिसँगै हालको सर्किट ब्रेक प्रणालीमा संसोधन गर्नका लागि के कसरी जान सकिन्छ सोको प्रस्ताव बुझाउन नेप्सेलाई निर्देशन दिएको थियो।

नेप्सेका एक अधिकारीका अनुसार विभिन्न मुलुकमा सर्किट ब्रेक प्रणालीमा अवलम्बन गरिएका शैलीको अध्ययन गरेर नयाँ व्यवस्था सुझाव गरिएको हो। उनका अनुसार गत साता नेप्से सञ्चालक समितिको बैठकले उक्त प्रस्तावहरु धितोपत्र बोर्डमा पठाउने निर्णय गरेलगत्तै पठाइएको हो।

अहिले अमेरिकामा घण्टाका आधारमा १८ प्रतिशतसम्मको उतारचढावमा मात्र सर्किट ब्रेक लाग्ने गरेको छ भने भारतमा पनि १० प्रतिशतसम्मको उतारचढावमा सर्किट लगाउने गरिएको छ । तर अमेरिकको शेयर कारोबार अवधि धेरै समय हुने र आधुनिक किसिमको बजार भएका कारण नेपाली बजारमा सोही अनुसारको सर्किट ब्रेक प्रणाली कार्यान्वायन गर्न असम्भव रहेको नेप्सेको बुझाई छ ।

शेयर बजार तिब्र गतिमा उकालो लाग्दा व ओरालो लाग्दा लगानीकर्तालाई धेरै असर नपरोस् भन्नका लागि निश्चित प्रतिशतको उतार-चढावमा कारोबार स्थगन गर्ने प्रणाली नै सर्किट ब्रेक हो । समग्र सूचकको हकमा माथि उल्लेख गरिए अनुसार कारोबार स्थगन हुँदै आएकोमा कम्पनीको शेयर मूल्यमा १० प्रतिशतसम्मको मात्र उतारचढाव हुन सक्ने व्यवस्था छ।

कम्पनीको शेयर मूल्यमा आउने उतार चढावका सम्बन्धमा अहिलेको संसोधन प्रस्तावमा केही उल्लेख गरिएको छैन ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।