आगामी सातादेखि नेप्सेले नयाँ सर्किट ब्रेक प्रणाली कार्यान्वायनमा ल्याउने

Mar 31, 2019 Merolagani

नेपाल स्टक एक्सचेञ्जले अनलाइन कारोबार प्रणालीको सुरुवातसँगै हालको सर्किट ब्रेक प्रणालीलाई परिवर्तन गर्ने भएको छ । नेप्सेले धितोपत्र बोर्डमा पठाएका दुई मोडल मध्ये एक मोडल अनुसार आगामी सातादेखि नयाँ सर्किट ब्रेक प्रणाली कार्यान्वयनमा ल्याउने भएको हो ।

नेप्सेका अनुसार आफुले पठाएका दुई मोडल मध्ये कुनै एक मोडलमा अघि बढ्नका लागि धितोपत्र बोर्डले स्वीकृति दिइसकेको छ । मेरोलगानीसँग कुरा गर्दै नेप्सेका एक अधिकारीले भने, 'हामीले पठाएका दुई प्रस्ताव मध्ये कुनै एकमा अघि बढ्न बोर्डले स्वीकृति दिएको छ । आगामी सातादेखि हामी यसको कार्यानवयनमा जान्छौं ।'

नेप्सेका अनुसार दुई मोडल मध्ये कुन मोडललाई अघि बढाउने भन्ने निर्णय भैसकेको छैन । यसै साता भित्रमा एउटा मोडललाई अन्तिम रुप दिएर आगामी साता कार्यान्वायनमा जाने तयारीमा नेप्से जुटेको हो ।

नेपाल धितोपत्र बोर्डले हालको सर्किट ब्रेकिङ्ग प्रणाली संसोधनका लागि उचित विकल्प खोजी जानकारी गराउन नेप्सेलाई निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार नेप्सेले नयाँ प्रणालीको प्रस्ताव तयार गरी सञ्चालक समितिबाट निर्णय गराएर धितोपत्र बोर्डमा बुझाएको थियो । उक्त निर्णय अनुसार नै अघि बढ्नका लागि बोर्डले नेप्सेलाई बाटो खेलिदिएको हो ।

यस्ता छन् सर्किट ब्रेक प्रणालीका प्रस्तावित २ मोडल

नेप्सेले अघि सारेको पहिलो प्रस्तावमा बजार घटबढको प्रतिशतमा मात्र हेरफेर गरी हाल विद्यमान व्यवस्थाको समयलाई नै व्यवहारिक मानिएको छ । दोस्रो प्रस्तावमा बजार घटबढको प्रतिशतका साथै कारोबार स्थगनको अवधिमा समेत संसोधन प्रस्ताव गरिएको छ ।

पहिलो प्रस्तावमा नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार सुरु भएपछिको पहिलो एक घण्टा भित्रमा बजार ४ प्रतिशतले घटबढ भएमा १५ मिनेटका लागि कारोबार स्थगित गर्ने प्रस्ताव गरिएको छ । त्यसै गरी कारोबार सुरु भएको २ घण्टा भित्रमा ५ प्रतिशतले बजार घटबढ भएमा ३० मिनेटका लागि कारोबार स्थगित गर्ने प्रस्ताव गरिएको छ । त्यस्तै बजार खुलेपछि कुनै पनि समयमा बजारमा ६ प्रतिशतको घटबढ देखिएमा पूरा दिनका लागि शेयर कारोबार स्थगित गर्ने प्रस्ताव गरिएको छ ।

दोस्रो प्रस्तावमा शेयर बजार खुलेको पहिलो १ घण्टमा बजार ४ प्रतिशतले घटबढ भएमा २० मिनेटका लागि कारोबार स्थगित गर्ने प्रस्ताव गरिएको छ । त्यसैगरी कारोबार खुलेको २ घण्टा भित्रमा बजार ६ प्रतिशतले घटबढ भएमा ४० मिनेटका लागि कारोबार स्थगन गर्ने प्रस्ताव गरिएको छ । बजार खुलेपछि कुनै पनि समयमा ८ प्रतिशतको उतारबढाव आएको खण्डमा पूरा दिनका लागि शेयर कारोबार स्थगित गर्ने प्रस्ताव गरिएको छ ।

उल्लेखित २ मोडल मध्ये नेप्से सञ्चालक समितिले एउटा मोडललाई कार्यान्वायन गर्ने निर्णय यसै साता गर्नेछ । आगामी साता उक्त मोडललाई कार्यान्वनमा ल्याउने नेप्सेको कार्यतालिका छ ।

अहिलेको व्यवस्था अनुसार बजार खुलेको पहिलो १ घण्टामा ३ प्रतिशतको उतारचढाव आएमा १५ मिनेटका लागि, बजार खुलेको २ घण्टा भित्रमा ४ प्रतिशतको उतारचढाव आएमा ३० मिनेटका लागि र कुनै पनि बेला ५ प्रतिशतको उतारचढाव आएमा पुरा दिन शेयर कारोबार स्थगित हुने व्यवस्था छ ।

नेप्सेका अनुसार विभिन्न मुलुकमा सर्किट ब्रेक प्रणालीमा अवलम्बन गरिएका शैलीको अध्ययन गरेर नयाँ व्यवस्था गर्न लागिएको हो ।

अहिले अमेरिकामा घण्टाका आधारमा १८ प्रतिशतसम्मको उतारचढावमा मात्र सर्किट ब्रेक लाग्ने गरेको छ भने भारतमा पनि १० प्रतिशतसम्मको उतारचढावमा सर्किट लगाउने गरिएको छ ।

शेयर बजार तिब्र गतिमा उकालो लाग्दा व ओरालो लाग्दा लगानीकर्तालाई धेरै असर नपरोस भन्नका लागि निश्चित प्रतिशतको उतारचढावमा कारोबार स्थगन गर्ने प्रणाली नै सर्किट ब्रेक हो । समग्र सूचकको हकमा माथि उल्लेख गरिए अनुसार कारोबार स्थगन हुँदै आएकोमा कम्पनीको शेयर मूल्यमा १० प्रतिशतसम्मको मात्र उतारचढाव हुन सक्ने व्यवस्था छ ।

कम्पनीको शेयर मूल्यमा आउने उतार चढावका सम्बन्धमा अहिलेको संसोधनले निरन्तरता दिने बताइएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।