जेबिल्स फाइनान्सको साधारण सभा बैशाख २० गते, दुई आर्थिक वर्षको लाभांश पारित गर्ने

Apr 10, 2019 Merolagani

जेबिल्स फाइनान्स (JEFL) ले आगामी बैशाख २० गते शुक्रबार साधारण सभा आह्वान गरेको छ। आर्थिक वर्ष २०७३/७४को पनि साधारण सभा गर्न बाँकी रहेको फाइनान्सले २०७४/७५ को सहित एकैदिन दुई आर्थिक वर्षको सभा बाेलाएको हो ।

सभाले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट शतप्रतिशत हकप्रद पश्चात कायम चुक्ता पूँजी ५७ करोड ७९ लाख १२ हजार ५०० रुपैयाँको ३.५७ प्रतिशत बोनस र आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट ४० प्रतिशत हकप्रद पश्चात कायम चुक्ता पूँजी ८० करोड ९० लाख ७७ हजार ५०० को १.२४ प्रतिशत बोनस प्रस्तावलाई अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ । 

दुबै आर्थिक वर्षको बाेनस वितरणमा लाग्ने कर प्रयाेजनका लागि फाइनान्सले १५ लाख २० हजार ८२२ रूपैयाँ र ५ लाख २८ हजार २९ रूपैयाँ गरि २० लाख ४८ हजार ८५१ रूपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्तावलाई अनुमाेदन गर्नेछ।

यसैगरि नेपाल इन्भेष्टमेन्ट बैंकमा विलय हुन सम्झौतापत्रमा हस्ताक्षर गरिसकेको फाइनान्सले मर्जर तथा एक्वीजिशनमा सम्बन्धिमा थप छलफल गर्ने लगायतका कार्यक्रम रहेका छन् ।

साधारण सभाका लागि फाइनान्सले बैशाख ५ गतेदेखि शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । यसअनुसार बैशाख ४ गतेसम्म कायम रहने शेयरधनीले मात्र उक्त लाभांश पाउनेछन् ।

इन्भेष्टमेन्ट बैंकमा विलय हुने प्रकृयामा जाने भएपछि फागुन २७ गतेदेखि नै फाइनान्सको शेयर कारोबार बन्द छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।