सूचीकृत कम्पनीको मनलाग्दी, अन्तिम समयमा आएर सभा स्थगित

Apr 11, 2019 Merolagani

कम्पनीका शेयरधनी तथा नियामक निकाय कमजोर बन्दा नेप्सेमा सूचीकृत कम्पनीको मनलाग्दी बढ्न थालेका छन्। यसै क्रममा बिहीबार नै साधारण सभा आह्वान गरेको श्रीराम सुगर मिल्स (SRS) ले अन्तिम समयमा बुधबार आएर मात्रै सभा स्थगित भएको सूचना नेप्सेमा प्रकाशित गरेको हो।

चैत २६ गते मंगलबारसम्म कुनै जानकारी नदिएको श्रीराम सुगर मिल्सले अन्तिम समयमा आएर साधारण सभा किन स्थगित गर्नुपरेको हो बताएको छैन ।

सूचनामा कम्पनीले विशेष कारण बस साधारण सभा स्थगित गर्नुपरेको मात्रै उल्लेख गरेको छ। मेरोलगानीले साधारण सभा स्थगित गर्नुपर्ने कारण बुझ्न खोज्दा कम्पनीको कुनैपनि प्रतिनिधिसँग सम्पर्क हुन सकेन।

यसअघि कम्पनीको चैत ४ गते सम्पन्न सञ्चालक समितिको बैठकले चैत २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ बजे २४ औं वार्षिक साधारण सभा आह्वान गरेको थियो। सभामा एक जना संस्थापक सञ्चालक चयन, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण तथा आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान सहितको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने एजेण्डा रहेको थियो ।

कम्पनीले उक्त स्थगित साधारण सभाको सम्बन्धमा अर्को मिति, समय, स्थान तय गरि प्रकाशित गरिने जनाएको छ । कम्पनीको नेप्सेमा चैत ५ गते अन्तिम पटक शेयर कारोबार भएको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।