उद्योग विभागले वर्गिकरण गरेको तहगत ८ क्षेत्रमा विदेशी लगानी गत वर्षको सोही अवधि भन्दा थोरै छ। आर्थिक वर्ष सुरु भएको श्रावण १ गते देखि वर्ष २०७५ चैत्र १५ गतेसम्म ३३१ वटा उद्योगमा १३ खर्बको लगानी प्रतिबद्धता आएको छ।
गत वर्षको समीक्षा अवधिमा ३१४ परियोजनामा १७ अर्बको लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ ।
गत वर्षको लगानी प्रतिबद्धतामा करिब १९ हजार २९१ जनालाई रोजगारी सृजना गर्न सकिने प्रक्षेपण गरिएको थियो तर समीक्षा अवधिको लगानी प्रतिबद्धताले १७ हजार १०१ जनालाई मात्र रोजगारी सृजना गर्दछ ।
कृषि उपज, सूचना प्रविधि, उत्पादनमुलक, खानी, सेवामूलक, पर्यटन, उर्जा र निमार्ण क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्ता यो वर्ष नेपाल आए। खासगरी साना खुद्रे परियोजनामा लगानी बढ्दा परियोजना संख्या धेरै देखिए पनि लगानी रकम भने समीक्षा अवधिमा ५ खर्बले कम देखियो ।
नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताले यस वर्ष पनि रोजेको एक नम्बरको क्षेत्र पर्यटन रहेको तथ्याङ्कमा उल्लेख छ।
लगानी प्रतिबद्धताका ३१४ परियोजना मध्ये ९४ वटा पर्यटन व्यवसायसँग सम्बन्धित छन् । पर्यटन क्षेत्रका परियोजना संख्याका हिसाबले धेरै देखिए पनि रकममा धेरै लगानी प्रतिबद्धता भने उत्पादनमुलक क्षेत्रमा आएको विभागका निर्देशक जीवनराज सेडाइँले बताए।
पर्यटनका ९४ परियोजनामा ७८ करोड २० लाख १० हजार रुपैयाँ मात्रै प्रतिबद्धता आयो भने कुल ८७ वटा उत्पादनमुलक उद्योगमा ८ अर्ब ६१ करोड करोड २ लाख ८० हजार नेपाली रुपैयाँ विदेशी लगानी यस वर्ष मुलुकमा भित्रियो।
लगानी क्षेत्रका ६ विधा मध्ये सबै भन्दा कम लगानी खनिज क्षेत्रमा यो वर्ष भएको छ। खनिजका १ वटा परियोजनाका लागि ३० लाख लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ।
कुन क्षेत्रमा कति लगानी? कति रोजगारी ?
यो क्षेत्रमा १९ वटा विदेशी लगानीको उद्योग नेपाल भित्रिएको छ। ती उद्योगमा कुल लगानी २४ करोड ५७ लाख ४० हजार रुपैयाँ रहेको छ। यो लगानीले ४९९ जनालाई रोजगारी सृजना गरेको विभागको तथ्याङ्कमा उल्लेख छ गत वर्ष यो क्षेत्रमा १५ परियोजनाको ५४ करोड लगानी भएको थियो।
यस क्षेत्रमा लगानी गर्न आर्थिक वर्षको ९ महिनामा १२ वटा प्रोजेक्ट नेपाल भित्रिएका छन्। ६ करोड ६९ लाख २० हजार लगानी प्रतिबद्धता भएको उक्त प्रोजेक्टबाट ५४९ जनामा रोजगारी सृजना हुने बताईएको छ । गत वर्ष १६ परियोजना १५ करोड लगानीको उद्योग दर्ता भएको थियो।
कुल ८७ वटा उत्पादनमुलक उद्योगमा ८ अर्ब ६१ करोड करोड २ लाख ८० हजार नेपाली रुपैयाँ विदेशी लगानीका परियोजना विभागमा दर्ता भए। यो लगानीबाट ८ हजार ८४ जनालाई रोजगारी सृजना गरेको विभागको विवरणमा उल्लेख छ। गत वर्ष १३ अर्ब ३४ करोड लगानीमा ८९ वटा परियोजना उद्योग विभागमा दर्ता भएका थिए।
खनिजका १ वटा परियोजनाका लागि ३० लाख लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। परियोजनाले ८५ जनालाई रोजगारी प्रदान गरेको छ। गत वर्ष ३ परियोजनामा ५३ करोड लगानीका उद्योग विभागमा दर्ता भएको थियो ।
सेवा मुलक क्षेत्रमा यो वर्ष विदेशी लगानीका ८५ परियोजना नेपाल भित्रिएको छ। कूल परियोजनामा ६७ करोड ९३ लाख ८० हजार रुपैयाँ लगानी भएको विभागले जनाएको छ। उल्लेखित लगानीले ३१ सय ७५ जनालाई रोजगारी सृजना गरेको छ। गत वर्ष सेवा क्षेत्रमा ७२ परियोजनामा ४८ करोड लगानी प्रतिबद्धता आएको थियो।
यो आर्थिक वर्षको ९ महिनामा पर्यटनका ९४ परियोजनामा ७८ करोड २० लाख १० हजार रुपैयाँ मात्रै प्रतिबद्धता आयो। उक्त परियोजनाले २८ सय ३ जनामा रोजगारी प्रदान गर्नेछ। गत वर्ष यो क्षेत्रमा ८९ वटा परियोजना उद्योग विभागमा दर्ता भएको थियो। जसमा ९७ करोड लगानी भित्रिएको थियो ।
निमार्ण क्षेत्रको उद्योगका लागि ३ वटा परियोजना विभागमा दर्ता भएका छन् । ६६ करोड ९२ लाख लगानी भित्रिएको परियोजनाबाट १५३ जनाले रोजगारी पाउने छन्। गत वर्ष ११ करोड ४० लाख लगानी प्रतिबद्धता ४ वटा परियोजनाका लागि यस क्षेत्रमा आएको थियो।
यो क्षेत्रमा ३० परियोजना उद्योग विभागमा दर्ता भएका छन्। १ हजार ७७४ जनालाई रोजगारी दिने यि परियोजनामा २ अर्ब ७४ करोड ५६ लाख रुपैयाँ लगानी भएको विभागले जनाएको छ। गत वर्ष २६ परियोजनामा १ अर्ब ५३ करोड रुपैयाँ लगानी प्रतिबद्धताको उद्योग यस क्षेत्रमा आएको थियो।