फराकिलो बन्दै छ वित्तीय पहुँच,स्मार्ट बन्दैछन् नेपाली

Apr 17, 2019 Merolagani

बैंक तथा वित्तीय संस्थाहरुको आक्रामक शाखा विस्तार एवं नागरिकहरुको स्मार्ट जीवन शैलीले देशमा वित्तीय पहुँच फराकिलो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो आठ महिनाको देशको वर्तमान आर्थिक र वित्तीय स्थितिबारे विवरणमा यस्तो तथ्याङ्क उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार यो आर्थिक वर्षको फागुन मसान्तसम्म देशका ७१३ स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा विस्तार भईसकेको छ।

कूल ७५३ वटा स्थानीय तहमध्ये जम्मा ४० स्थानीय तहमा बैंकको पहुँच विस्तार हुन बाँकी छ ।

बैंक, वित्त कम्पनी तथा वित्तीय संस्थाहरुको शाखा विस्तार निकै तिब्र गतिमा बढेको तथ्याङ्क देखिएको छ ।

देशमा मोबाइल तथा इन्टरनेट बैंकिङ, डेविट तथा क्रेडिट कार्ड प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएसँगै बैंकिङ पहुँचमा जोडिने नागरिकको संख्या पनि उल्लेख्य रुपमा बढेको छ । 

सात प्रदेशका स्थानीय तहमा बैंक पहुँच

मुलुकको संघीय ढाँचा अनुसार प्रदेश १ का १३७ स्थानीय तहमध्ये १३० वटा स्थानीय तहमा बैंकको शाखा पुगेको छ। प्रदेश २ का १३६ स्थानीय तह मध्ये १३३ तहमा बैंकको शाखा विस्तार भएको छ।

देशको केन्द्रीय राजधानी रहेको प्रदेश ३ को ११९ स्थानीय तह मध्ये ११४ वटा तह बैंक सञ्जालमा जोडिएका छन्।

उता गण्डकी प्रदेशका ३ वटा स्थानी तहमा मात्रै बैंक शाखा विस्तार हुन बाँकी छ। कूल ८५ स्थानीय तहमध्ये ८२ तहमा बैंकको शाखा विस्तार भएको राष्ट्र बैंकले जनाएको छ।

यस्तै प्रदेश ५ का २ स्थानीय तहमा मात्रै बैंकको पहँच पुगेको छैन  १०९ स्थानीय तहमध्ये १०७ तहमा बैंकको शाखा पुगिसकेको छ। बैंक शाखा विस्तारका हिसाबले कमजोर देखिएको प्रदेश कर्णाली हो। उक्त प्रदेशका ७९ स्थानी तह मध्ये ६५ वटामा मात्रै बैंकको शाखा पुगेको छ। सुदूर पश्चिम प्रदेशको ८८ स्थानीय तहमध्ये ८२ तह बैंक सञ्जालमा जोडिएको छ।

लघुवित्त कम्पनीको शाखा विस्तार आक्रामक

तथ्याङ्क अनुसार ८ महिनाको अवधिमा २८ वाणिज्य बैंकले २८२ वटा शाखा विस्तार गरेका छन्। वाणिज्य बैंकहरुको शाखा संख्या फागुन मसान्तसम्म ३३०५ वटा पुगेको छ। यस्तै विकास बैंकको शाखा संख्या पनि २०० वटाले बढेर ११ सय ९६ पुगेको छ।

सञ्चालनमा रहेका २४ वित्त कम्पनीको शाखा संख्या १४ वटाले बढेर २०० पुगेको छ, गत असार मसान्तमा वित्त कम्पनीको शाखा १८६ वटा थियो। आर्थिक वर्षको ८ महिनामा पहूँच विस्तारका हिसाबले लघुवित्त वित्तीय संस्था आक्रामक देखिएका छन्।

लघुवित्त वित्तीय संस्थाको शाखा यस अवधिमा ९०५ वटा थपिएर ३३ सय ५४ पुगेको छ। आर्थिक वर्षको प्रतिवेदन अवधिमा बैंक तथा वित्तीय संस्थाको संख्या १६ वटाले बढेर १६७ पुगेको छ। यी संस्थाहरुको शाखा भने १४ सय चार वटाले वृद्धि भएर ८ हजार ५५ कायम भएको छ।

वित्तीय क्षेत्रमा स्मार्ट बन्दैछन् नेपाली

सूचना प्रविधिको तिब्र विकास सँगै बैंकिङ भुक्तानी प्रणालीमा नेपालीहरु प्रविधिमैत्री बन्दै गएको राष्ट्र बैंकले जनाएको छ। देशमा मोबाइल तथा इन्टरनेट बैंकिङ, डेविट तथा क्रेडिट कार्ड प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

गत वर्षको पुस मसान्तसम्म ३५ लाख ३० हजार २२७ जनाले मात्रै मोबाइल बैंकिङ सुबिधा प्रयोग गर्दथे । तर एक वर्षको अवधिमा त्यो संख्या २८ लाख ६४ हजार ६८९ ले बढेर ६३ लाख ९४ हजार ९१६ पुगेको छ ।

यस्तै इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १४ हजार २६४ ले बढेर ८ लाख ५६ हजार ६९५ पुगेको छ। सुरक्षित प्रविधि मार्फत भुक्तानी प्रणालीको विश्वसनियता बढेसँगै बैंक तथा वित्तीय संस्थाले आफ्नो एटीएम संख्या पनि बढाएका छन्। एक वर्षमा ४११ वटा एटीएम बुथ थपिएको छ।

यस्तै डेविट कार्ड प्रयोगकर्ता १ लाख ९३ हजार ७१० जनाले बढेर ५९ लाख ६२ हजार ८३८ पुगेको छ। गत वर्ष पुसमा ९४ हजार ७१६ जनाले क्रेडिट कार्ड प्रयोग गर्दथे भने त्यो संख्या अहिले १ लाख ५ हजार २७ पुगेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।