लगानी सम्मेलनमा भएका सम्झौता सहजीकरण गर्न उच्चस्तरीय संयन्त्र गठन

Apr 19, 2019 Merolagani

सोकेस गरिएका आयोजनामा पुनः लगानी भित्र्याउन एक महिना समय थप 

लगानी सम्मेलनका बेला भएका सम्झौताका परियोजनामा सहजीकरण गर्नका उच्चस्तरीय संयन्त्र गठन हुने भएको छ । शुक्रबार बसेको लगानी बोर्डको ३७ औं बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव माताहत रहने गरी ५ सदसीय संयन्त्र गठन गर्ने निणर्य गरेको हो ।

सयन्त्रको नेतृत्व मन्त्रिपरीषद् कार्यालयमा बिकास तथा पूर्वाधार हेर्ने सचिवले गर्ने छन् । उक्त संयन्त्रमा भौतिक पूर्वाधार तथा यातायात,उर्जा जलस्रोत तथा सिंचाई,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र लगानी बोर्डबाट एक एक जना सह–सचिव सदस्य रहने छ ।

उक्त संयन्त्रले लगानी सम्मेलनमा प्रस्तुत परियोजनामा आएका प्रस्तावहरुको कार्यन्वयनमा सहजीकरण र प्रगति मुल्याकंन गर्नेछन् । यस्तै बैठकले लगानी सम्मेलनमा प्रतिबद्धता भएका तथा सम्झौता भएका परियोजना अगाडि बढाउन सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय पनि गरेको छ ।

लगानी सम्मेलनमा सोकेस गरिएका आयोजनामा पुनः लगानी गर्न इच्छुक लगानीकर्तालाई बैशाख ७ गते देखि थप एक महिना समय थप्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा प्रधानमन्त्री ओलीले लगानी सम्मेलनमा भएका सम्झौता कार्यन्वयनलाई प्राथमिकतामा राखेर अगाडि बढाउन सबै निकायलाई निर्देशन दिएका थिए ।

साथै प्रधानमन्त्री ओलीले काठमाडौंमा सुबिधा सम्पन्न अन्तराष्ट्रिय सम्मेलन केन्द्र निमार्ण ५ वर्ष भित्रै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।