गुराँस लघुवित्तले यहि बैशाख १६ गतेदेखि निष्काशन गर्ने भयो आईपिओ,यस्तो छ तेस्रो त्रैमासको प्रगति

Apr 21, 2019 Merolagani

गुराँस लघुवित्त वित्तीय संस्था (GLBSL) ले यहि बैशाख १६ गते सोमबारदेखि साधारण शेयर (आईपिओ) निष्काशन गर्ने भएको छ। धनकुटामा केन्द्रीय कार्यालय रहेको कम्पनीले आईपिओ जारी गर्न आइतबार आह्वानपत्र प्रकाशन गरेको हो ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ। कम्पनीले एक सय रुपैयाँ अंकित दरमा कूल २ करोड ५० लाख रुपैयाँ बराबरको २ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्न लागेको हो। 

कूल निष्काशित २ लाख ५० हजार कित्ता आईपिओमध्ये कर्मचारीहरुलाई ३ हजार ८७५ कित्ता र सामूहिक लगानी कोषहरुलाई १२ हजार ५०० कित्ता छुट्टाइएको छ । दुई लाख ३३ हजार। ६२५ कित्ता शेयरका लागि सर्वसाधारणलाई बाँडफाँड हुनेछ।

लघुवित्तले निष्काशन गर्ने आईपिओमा न्यूनतम १० कित्ता का लागि एक हजार रुपैयाँदेखि अधिकतम ५०० कित्ताका लागि ५० हजार रुपैयाँसम्म आवेदन गर्न सकिने व्यवस्था रहेको छ । मेरो शेयर तथा सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने व्यवस्था रहेको छ। आईपिओ निष्काशन बैशाख २० गते बन्द हुनेछ भने आवश्यक आवेदन नपरेको खण्डमा भने जेठ १४ गतेसम्म खुला रहनेछ।

गुराँसले धितोपत्र बोर्ड चैत २६ गते जारी पूँजीको ३२.२६ प्रतिशत बराबरको साधारण शेयर जारी गर्न अनुमति दिएको थियो। पुस १० गते कम्पनीले बोर्डमा अनुमति मागेको थियो। 

लघुवित्तको जारी पूँजी ७ करोड ७५ लाख रुपैयाँ रहेको छ भने संस्थापक समूहबाट ५ करोड २५ लाख रुपैयाँ चुक्ता भैसकेको छ ।

लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय धनकुटामा रहेको छ। २२ वटा शाखा कार्यालय रहेको लघुवित्तले पूर्वका १० जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाउँदै आएको छ।

यस्तो छ तेस्रो त्रैमास

गुराँस लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लघुवित्तले ६९ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेर वार्षिक १७ रुपैयाँ ५४ पैसा प्रतिशेयर आम्दानी कायम गरेको छ।

चुक्ता पूँजी ५ करोड २५ लाख रहेको लघुवित्तको जगेडा कोषमा ५२ लाख ३२ हजार सञ्चित छ।यस अवधिमा कम्पनीले ९ करोड ५ लाख निक्षेप संकलन र ५० करोड ८९ लाख सापटी लिएको छ ।

पुस मसान्तसम्म ६१ करोड ३६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको लघुवित्तले दुई करोड १७ लाख खुद ब्याज आम्दानी गरेको थियो । लघुवित्तमा खराब कर्जा अनुपात ३.४९ प्रतिशत रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।